डरलाग्दो मृगौला रोगः रोगीको संख्या बढ्दै, उपचार महंगो, सजग रहने कसरी ?
मृगौला भनेको हाम्रो शरीरको पेटको पछाडि ढाडको दुवैतिर रहेको दुईवटा महत्वपुर्ण अंग हो । हाम्रो जिवनमा यसको महत्वपुर्ण भुमिका छ । यसले हाम्रो रगतमा भएको फोहोर र बढी मात्रामा भएको पानीलाई पिसावबाट फालेर रगत सफा राख्दछ । यसले रगतमा भएको नुन र खनिज पदार्थ सन्तुलनमा राख्दछ जसले गर्दा रक्तचाप नियन्त्रण हुन्छ ।
जब मृगौला बिग्रन्छ तब पिसाबबाट निस्कने पानी र फोहोर पदार्थ शरीरमै जम्मा हुन्छ, जसले गर्दा वाकवाक लाग्ने र हातखुट्टा सुनिने स्याँस्याँ हुने , पिसाब फेर्न गाह्रो हुने हुन्छ । त्यसपछि मृगौला पुर्णरुपमा काम गर्न छोड्छ, अनि यसलाई राम्रो बनाउन सकिन्न । यसलाई नै मृगौला रोग भनिन्छ ।
प्रत्येक मृगौला सिमीको गेडा आकारको ४ देखि ५ इन्च लामो हुन्छ र त्यसमा लाखौको संख्यामा नेफोनहरु हुन्छन । जुन एउटा अति नै सानो फिल्टर जस्तै हुन्छ र यो फिल्टरले रगतमा भएको फोहोर पदार्थ र बढी भएको पानी छानेर पिसाब बाट बाहिर पठाउँछ ।
खानपान, जीवनशैली लगायत विभिन्न कारणले पछिल्लो समय मृगौला रोगीको संख्या ह्वात्तै बढ्दै गएको छ । तर, यसको उपचार खर्च भने धान्नै नसक्ने महंगो छ ।
उपचार सम्भव हुँदाहुँदै खर्चकै कारण उपचार गराउन नसकेर मृत्युवरण गर्न बाध्य हुनुपर्ने अवस्था देखिएपछि सरकारले उपचारमा सहयोग गरिदिँदा विपन्न परिवारका रोगीमा केही राहतको अनुभव त भएको छ, तर पर्याप्त हुन भने सकेको छैन । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)
Posted in:
Health
0 comments for "डरलाग्दो मृगौला रोगः रोगीको संख्या बढ्दै, उपचार महंगो, सजग रहने कसरी ? "
Leave a reply