अन्धोपनको चेतावनी दिने सानो रोबोट

बर्लिन । जर्मनीको जुरिच सहरका एक रोबोटिक प्रोफेसर ब्रैड्ली नेल्सनले एउटा यस्तो रोबोट आविस्कार गरेका छन् जसको प्रयोगबाट अन्धोपनबाट बच्न सकिन्छ ।
यो रोबोटको लम्बाई एक मिलिमिटर छ । यो एक मिलिमिटरभन्दा एक तिहाई चौडा कम हो । आँखामा राखेपछि यो रोबोट आँखामा रहेको तरल पदार्थमा मिल्दछ । र, अक्सिजन सेन्सरले जसरी काम गर्दछ । र, आँखामा कम भइरहेको अक्सिजनको स्तरका बारेमा चेतावनी दिने गर्दछ । किनभने अक्सिजनकै कमीका कारण आँखाको ज्योति गुम्ने गर्दछ ।
यसअघि पनि शोधकर्ताहरुले यो क्षेत्रमा सफलता पप्त गरेका थिए । यसअघि एउटा रोबोटको आविस्कार भएको थियो । जसले आँखामा औषधी राख्न सक्नुका साथै स्कार रिस्युलाई पनि हटाउन सहयोग गर्दथ्यो ।
तर, यो अक्सिजन सेन्सिङ रोबोटले अलि फरक तरिकाले काम गर्दछ । जब स्पेशल डाईबाट बनेको यो माइक्रो रोबोट प्रकाशको विशेष तरङदैर्ध्य बाहिर ल्याउछ तब यो डाई चम्कन लाग्दछ ।
यदि तमक तत्काल परे आँखामा अक्सिजनको स्तर डाई आसपास अधिक छ भन्ने दर्शाछ भने यो चमक विस्तारै विस्तारै कम भए यसबाट आँखामा अक्सिजनको मात्रा कम छ भन्ने बुझ्नु पर्दछ ।
यो रिबोटको परीक्षण पानीमा अक्सिजनको स्तर पत्ता लगाउनका लागि गरिसकिएको छ । अब आँखामा शोधको प्रक्रिया चलिरहेको छ । एजेन्सी

Posted in:

0 comments for "अन्धोपनको चेतावनी दिने सानो रोबोट"

Leave a reply