अष्ट्रेलियाको धनी व्यक्तिको सूचीमा शेष घले
२१ जेठ, काठमाण्डौ । अष्ट्रेलियामा व्यवसाय गरिरहेका लमजुङको नाङ घानपोखरामका शेष घले दोस्रो पटक अष्ट्रेलियाको धनी व्यक्ति बनेका छन् । अष्ट्रेलियाको मलेबर्नमा मेलबर्न इन्सिटच्युट अफ टेक्नोलोजी सञ्चालन गरिरहेका ५४ वर्षीय शेष घले यस वर्ष दोस्रो पटक २ सय ५५ मिलियन अष्ट्रेलियन डलरसहित अस्ट्रेलियाको १ सय ६६ औँ धनी व्यक्ति बनेका हुन् ।
गत वर्ष अर्थात सन् २०११ मा २ सय ३७ मिलियन अष्ट्रेलियन डलरका साथ १ सय ६४ औँ धनी व्यक्तिमा नाम लेखाएका घले यस वर्ष दुई स्थान तल झर्दै १ सय ६६ औँ स्थानमा पुगेका हुन् । अष्ट्रलियाको ‘बीआरडब्लू रिर्च’ नामक पत्रिकाले मे २४ मा सार्वजनिक गरेको सर्वेक्षणका अनुसार घले १ सय ६६ औँ स्थानमा अट्न सफल भएका हुन् ।
सूचना प्रविधि र व्यवस्थापन लगायतका विषय पढाइ हुने घलेको मेलबर्न इन्सिटच्युट अफ टेक्नोलोजीमा ३ हजारभन्दा धेरै विद्यार्थीहरुले अध्धयन गरिरहेका छन् । घले १६ वर्षअघि अध्ययनका लागि यहाँ पुगेका हुन् ।
घले ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पसवाट इन्जिनियरिङमा प्रमाणपत्र गरेर छात्रवृत्तिमा सिभिल इन्जिनियरिङ पढ्न युक्रेन पुगेका थिए । उनी युक्रेनमा सिभिल इन्जिनियरिङ सकेपछि उनी विद्यार्थी कोटामा अष्ट्रेलिया पुगेका हुन् ।
Posted in:
Economics
0 comments for "अष्ट्रेलियाको धनी व्यक्तिको सूचीमा शेष घले"
Leave a reply