८ करोडको ल्यापटप !!!

हामीले सामान्यतया ५०-६० हजारका ल्यापटप चलाउँछौँ । भलै कतिपयले अलि महंगा ल्यापटप खरीद गर्नसक्छन् ।
तर करोडौँ रुपैयाँ मूल्य पर्ने ल्यापटप किन्ने कुरा हामी सामान्य नेपालीले सोँच्न पनि सक्दैनौँ । हामीले सोँच्न नसकेर के भयो त ?
यो दुनियामा देशै खरीद गर्नसक्ने धनाढ्यहरु पनि छन् जसका लागि करोड अंकको रकम केही होइन । त्यस्तै धनाढ्यहरुलाइ लक्षित गर्दै बेलायतको एक कम्प्युटर कम्पनीले ८ करोड नेपाली रुपैयाँ पर्ने ल्यापटप उत्पादन गरेको छ ।
लण्डनस्थित लुवाग्लियो कम्पनीले विश्वमा अहिलेसम्मकै महंगो ग्याजेटको रुपमा रहेको यस्ता बहुमुल्य ल्यापटप बजारमा ल्याएको हो ।
के-के छन् त ल्यापटपमा फिचर ?
यो ल्यापटपमा १ सय २८ जीबीको डिस्क स्पेश रहेको छ जसमा प्रयोगकर्ताले आफ्ना डाटा सेभ गर्न सक्छ । वास्तवमा यो ल्यापटप बहुमुल्य हुनुको कारण यसमा रहेको पावर बटन हो । यो पावर बटन बहुमुल्य हिराबाट बनाइएको छ । यो ल्यापटपमा इमेज आइडेन्टिफिकेसन लगायत अन्य अत्याधुनिक फिचर्सहरु पनि रहेको बताइएको छ ।
यो हिरा जडित करोडौँको ल्यापटपमा १७ इन्चको एलआइडी स्त्रिmन छ । यस्तो एन्टी ग्लेयर रिफ्लेक्टिङ कोटिंग प्रविधिको स्त्रिmनको फाइदा भनेको यसमा अरु ल्यापटप जस्तो घाममा राख्दा स्त्रिmन अस्पष्ट देखिने समस्या हुँदैन । खुल्ला स्थानमा दिउसो बसेर काम गर्दा समेत स्त्रिmनका कुराहरु प्रष्ट देखिन्छन् । सिडी ड्राइभको सट्टा ब्लू रे ड्राइभ राखिएको छ । साथै यसमा चोरी निरोधक प्रविधि जडान गरिएको छ जसको माध्यमबाट ल्यापटप चोरी भएमा मालिकले थाहा पाइहाल्छ र चोरलाई पनि उक्त ल्यापटप भगाउन मुस्किल पर्छ ।
लाखौँ डलर मुल्य पर्ने यस्तो ल्यापटपको पहिलो संस्करण कम्पनी सन् २००७ मै सार्वजनिक गरेको भएपनि त्यो खासै चर्चामा आएको थिएन । तर हालै सार्वजनिक गरिएको दोश्रो संस्करणले बजार तताउने कम्पनीको आशा छ ।                           Source: online

Posted in: ,

0 comments for "८ करोडको ल्यापटप !!!"

Leave a reply