काखी गन्हाउने समस्याबाट जोगिने उपाय
गर्मी महिनामा काखीमा पसिना आउने समस्या हुने तथा खुला लुगा लगाइने हुँदा काखी सफा गर्नु अति आवश्यक छ। काखी सफा गर्दा पहिले रौं हटाउनुपर्छ। त्यसका लागि गुणस्तरीय वार्म वा हेयर रिमुभर छान्नुपर्छ ताकि रौं निकाल्दा समस्या नआओस्। त्यसपछि काखीका रौंलाई राम्रोसँग वाक्सिङ र रिमुभ गर्न सकिन्छ। राम्रोसँग वाक्सिङ वा रिमुभ गरेपछि चिसो पानीले पुछ्नुपर्छ अनि आइसको टुक्रा कपासमा बेरेर केही मिनेट काखीमा दल्नुपर्छ, त्यसो गर्दा संवेदनशील छाला पनि रातो हुन पाउँदैन। त्यसपछि काखीको कालो भागमा चन्दन पाउडर, बेसार र फिटकिरीको धूलोमा रोज वाटर राखी पेस्ट बनाएर लगाई १० मिनेटपछि चिसो पानीले सफा गर्नुपर्छ। त्यसपछि फिटकिरीको डल्लोलाई पानीमा भिजाएर राख्ने र फेरि प्याक लगाए सफा गरेको भागमा दल्नुपर्छ। अन्त्यमा ल्याक्ट्रोक्यालामाइन लोसन लगाई पसिनासम्बन्धी समस्याबाट धेरै हदसम्म जोगिन सकिन्छ।
Source : http://www.ekantipur.com/nari/
Source : http://www.ekantipur.com/nari/
Posted in:
Health
0 comments for "काखी गन्हाउने समस्याबाट जोगिने उपाय"
Leave a reply