सर्व गुणकारी फल बदाम- गरिबको काजु
जाडोमा चट्ट घाम ताप्दै बदाम (मुङफली) खान कसलाई मन नलाग्ला ? अहिले मौसम पनि यस्तै छ । प्रायः जहाँसुकै पाइने र सस्तो भए पनि बदाम कम्ती गुणकारी हुँदैन । त्यसैले यो जिनिस 'गरिबको काजु' नाउँले पनि प्रख्यात छ ।
तर बदाम काजुभन्दा बढी पौष्टिक हुन्छ । यसमा प्रोटिन, बोसो, भिटामिन, खनिज लगायत पर्याप्त मात्रामा पाइन्छ । विभिन्न अनुसन्धान अनुसार, बदाममा क्याल्सियम र भिटामिन 'डी' बढी मात्रामा हुन्छ । यसमा प्रोटिनको मात्रा २५ प्रतिशतभन्दा बढी हुन्छ । यस्तै भिटामिन 'ई' प्रचूर मात्रामा हुन्छ ।
आधा मुठी बदाममा ४ सय २६ क्यालोरी हु-छ । १५ ग्राम कार्बोहाइड्रेट, १७ ग्राम प्रोटिन, ३५ ग्राम चिल्लो हुन्छ । आइरन, नियासिन, फोलेट, क्याल्सियम र जिंकको राम्रो स्रोत हो बदाम । पौष्टिक पदार्थले भरिभराउ बदाम क्यान्सर प्रतिरोधी हुन्छ । यसले कोलेस्ट्रोल कम गर्ने क्षमता राख्छ । मुटु रोग कम गर्न समेत यसको महत्त्वपूर्ण भूमिका हुन सक्छ । यसले पाचनशक्ति बढाउँछ । भुटेको बदाम एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो । नुन नहालेको बदाममा मोनो स्याचुरेटेड बोसो धेरै मात्रामा हुन्छ । यो स्वस्थ धमनीका लागि राम्रो मानिन्छ । धमनीलाई स्वस्थ राख्न रगतमा कोलेस्ट्रोलको स्तर ठीक हुनुपर्छ ।
बदाम महिला र पुरुषमा हार्मोन्सको विकासका लागि समेत उपयोगी मानिन्छ । अनुसन्धान अनुसार, यसमा क्याल्सियम र भिटामिन 'डी' बढी मात्रामा हुने भएकाले दाँतको स्वास्थ्यका लागि राम्रो हुन्छ । काँचो बदाम दिनहुँ खानाले सुत्केरी आमाहरूको दूध बढ्छ ।
यसमा अंगुर, अंगुरको रस, हरियो चिया, गोलभेंडा, पालुंगो, ब्रोकाउली, गाजरभन्दा -ढी मात्रामा उच्च एन्टिअक्सिडेन्ट क्षमता छ । यसले शरीरमा गर्मी उत्पन्न गर्ने भएकाले चिसो याममा बढी लाभदायक छ ।
बदाममा प्रोटिनको मात्रा मासुको दाँजोमा १.३ गुणा, अन्डाभन्दा २.५ गुणा र फलभन्दा ८ गुणा बढी हुन्छ । एक सय ग्राम काँचो बदाममा एक लिटर दूध बराबरको प्रोटिन
हुन्छ । अढाई सय ग्राम भुटेको बदाममा जति मात्रामा खनिज र भिटामिन पाइन्छ, त्यो अढाई सय ग्राम मासुबाट पनि प्राप्त गर्न सकिँदैन ।
अढाई सय ग्राम बदामको मख्खनबाट तीन सय ग्राम पनिर, दुई लिटर दूध, १५ अन्डा बराबरको ऊर्जा सजिलै प्राप्त गर्न सकिन्छ । यति मात्र नभई, एउटा अन्डाको मूल्य बराबर बदाममा जति प्रोटिन र उष्मा हुन्छ, त्यति दूध र अन्डा मिलाउँदा समेत हुँदैन ।
'गरिबको काजु' भनिएको निहुँमा जिस्क्याएको ठानेर यस्तो लाभदायक वस्तु बदाम खान नछोड्नुहोला ।

Posted in:
Health
0 comments for "सर्व गुणकारी फल बदाम- गरिबको काजु"
Leave a reply