पासवर्डको जमाना जाँदै
प्रविधिको बढ्दो प्रयोगसँगै तपाई हामीले कुनै पनि काम इलेक्ट्रोनिक तरिकाबाट गर्न सक्दछौ । चाहे त्यो बैंकबाट भुक्तानी गर्नु होस् वा बजारमा किनमेल । यस्तो अनलाइन गतिविधिहरुका लागि तपाईले विभिन्न फोरममा खाता खोल्नुपर्ने हुन्छ । र, हरेक खातामा एउटा पासवर्ड बनाउनु आवश्यक हुन्छ ।
कहिलेकाँहि त यति धेरै एकाउन्ट हुन्छन् कि त्यसको पासवर्ड सम्हाल्नै नसकिने पनि हुन सक्छ । तर, आगामी दिनमा तपाईले आफ्नो इलेक्ट्रोनिक खाता खोल्नका लागि पासवर्ड टाइप गर्नु आवश्यक हुनेछैन । तपाईले आफ्नो दिमागमा सोच्ने बित्तिकै तपाईको एकाउन्ट खुल्नेछ ।
यो सम्भव हुनेछ वायरलेस हेडसेट डिभाइसको माध्यमबाट । युनिभर्सिटी अफ क्यालिफोर्नियाको बर्कले स्कुल अफ इन्फरमेशनका बैज्ञानिकहरुले यस्तो प्रविधि विकसित गरेका छन् जुन तपाईको दिमागको तरङ्गको माध्यमबाट तपाईको वैद्यता सत्यापित गर्नेछ ।
यो हेडसेट डिभाइस कम्प्युटरसँग ब्लुटुथको माध्यमबाट पनि जोडिन सक्छ । जब तपाई यसलाई लगाउनुहुनेछ तब तपाईको दिमागको इलेक्ट्रानसेप्लोग्राम (इइजी) तरङ्ग क्याच गर्नेछ । यसैको माध्यमबाट तपाई जे सोच्नुहुनेछ त्यही पासवर्ड यसले बुझ्नेछ ।
जान चुआङ्ग नेतृत्वमा बैज्ञानिक टोलीले यो डिभाइस तयार गरेका छन् जुन करिब मात्र एक सय डलरको मूल्यमा उपलव्ध हुनेछ । शोधकर्ता बैज्ञानिकहरुले युनिभर्सिटीको न्युज रिलिजमा भनेका छन्–हामीले दिमागको तरङ्ग क्याच गरेका छौ, यसमा अत्यन्तै सस्तो ईईजी सेन्सर प्रयोग गरिएको छ । यसका बावजुद यसले निकै प्रमाणिकताका साथ तपाईको वैद्यता पहिचान गर्न सक्षम छ ।
तर, तपाई जे सोचिरहनु भएको छ त्यही अरु कसैले सोच्यो भने के होला ? तब के तपाईको एकाउन्ट सुरक्षित हुनेछ? यसमा तनाव नलिनुस् । तपाईको एकाउन्ट सुरक्षित रहनेछ । किनभने सोच समान भए पनि दुवैको दिमागको तरङ्ग फरक फरक हुनेछ ।
यो हेडसेटको सुरुवाती प्रयोगमा शोध बैज्ञानिकहरुले प्रयोगकर्ताहरुसँग सात प्रकारको मानसिक काम गर्न भनेका थिए । यसमा पहिलो तीन काम त सबैको समान थियो । जसमा स्वास लिनु, किबोर्डमा औंलाको उतारचढाव, आवाज सुन्ने र त्यसपछिको प्रतिक्रियामा नजर लगाइएको यिो । यसपछि चार अलग अलग प्रकारको मानसिक अभ्यासहरुको माध्यमबाट मानिसको मानसिक तरङ्ग पढ्ने कोशिस गरिएको थियो । यसमा मात्र एक प्रतिशत गडबढीको आशंका गरिएको छ ।अन्यथा समस्या नआउने बैज्ञानिकहरुले बताएका छन् । एजेन्सी

Posted in:
Technology
0 comments for "पासवर्डको जमाना जाँदै"
Leave a reply