तालु खुइलेकालाई मुटुरोगको खतरा

तालु खुइलिनु केवल उमेर छिप्पिएको ल212ण मात्र होइन यो हृदयरोगको खतराको चिन्ह पनि हो। जापानमा गरिएको एक अध्ययनले तालु खुइलिएका मानिसहरूमा मुटु सम्बन्धी रोगको खतरा बढि हुने तथ्य पत्ता लगाएको छ।


 ३७ हजार जापानीमा गरिएको अध्ययनले तालु खुइलेहरूमा मुटुरोगको खतरा तालु नखुइलिएकामा भन्दा ३२ प्रतिशत बढी हुन्छ। युनिभसिर्टी अफ टोकियोका अध्ययनर्क्ताहरूका अनुसार तालु खुइलिन थाल्नु मुटुरोगको खतराको घन्टी बज्नु भएकाले तालु खुइलेहरूले स्वस्थ जीवनयापनमा अझ बढी ध्यान दिनुपर्छ। शोधर्क्ताहरूका अनुसार धूमपान तथा मोटोपन मुटुरोगका लागि तालु खुइलिनुभन्दा निकै बढी खतरनाक भएकोले तालु खुइलिएकामा बढि चिन्ता गर्नुभन्दा धूमपान, मध्यपान तथा मोटोपन नियन्त्रणतर्फ लाग्नु राम्रो हुन्छ।

तालु खुइलिनु र मुटुरोगको खतरा बढ्नुबीचको खास सम्बन्ध अझै पत्ता लाग्न नसकेपनि वैज्ञानिकहरूका अनुसार पुरुष हर्मोनको अति संवेदनशीलता तथा इन्सुलिन प्रतिरोधी तथा रक्तनलीको खराबीजस्ता कारणहरूले मुटु र कपाललाई एकैपटक असर गर्छ। त्यसैले तालु खुइलिनु मुटुमा खराबी हुँदैछ भन्ने कुराको सूचक हो।

Posted in:

0 comments for "तालु खुइलेकालाई मुटुरोगको खतरा"

Leave a reply