सुन्दर केशकालागी केही उपाय

केशको स्वास्थ्य यसको नर्भस सिस्टम, तैलीय स्थिति तथा त्यसको सर्कुलेसनमा निर्भर हुन्छ । यसले केशको चमक र सुन्दरता झल्काउँछ । केशको सुन्दरता कलरिङ वा प्राकृतिक कलरमा भर पर्दैन, यो त केशको ग्रोथ प्रोसेस, स्वास्थ्य, चमक आदिमा हुन्छ । यदि केश चम्किलो, बाक्लो, लामो र स्वस्थ छ भने सुन्दर देखिन्छ । केशले व्यक्तित्वलाई धेरै हदसम्म प्रभावित गर्ने भएकाले यसमा लापरबाही गर्नुहुँदैन । सुख्खा केशका लागि मोस्चराइजरको आवश्यकता पर्छ भने तैलीय केशको बढी हेरचाह गर्नुपर्ने हुन्छ । डेन्ड्रफयुक्त केशलाई फङ्गसबाट बचाउन सरसफाइमा ध्यान पुर्‍याउनुपर्ने हुन्छ । कमजोर केशका लागि पोषणको आवश्यकता पर्छ । यदि केश हल्का कर्ल छ भने सीधा तलतर्फ ब्रस गर्नुको साटो ब्रसलाई घुमाएर बाहिरतर्फ निकाल्नुपर्छ ।

केश र स्केल्प स्याम्पु गर्दा राम्रोसँग सफा गर्नुपर्छ । त्यसका लागि ड्राइ स्याम्पुको मसाज पनि गर्न सकिन्छ । ड्राइ स्याम्पुमा स्याम्पु पाउडर र कोर्न मिल प्रयोग नहुने भएकालेे मसाजपछि स्याम्पु कण केशमा रहने सम्भावना हुँदैन । मसाजका लागि लोसन, तेल वा खाली हात मात्र पनि प्रयोग गर्न सकिन्छ । मसाजले केशसम्बन्धी समस्याबाट धेरै हदसम्म राहत प्रदान गर्छ । यसले हेयर ग्रोथमा पनि फाइदा पुर्‍याउँछ । बिहान-बेलुकी ५ मिनेट फिंगर टिप मसाज गर्नु लाभदायक हुन्छ । मसाज नै केशका लागि सबैभन्दा राम्रो हेयर टनिक हो । यसका लागि स्केल्प लोसन वा अन्डा प्रयोग गर्नुपर्छ तर हेयर डिसअर्डरका लागि भने विशेष प्रकारको लोसन प्रयोग गर्नुपर्ने हुन्छ ।

डेन्ड्रफ अर्थात् चायाँको अर्थ शिरको छालाको माथिल्लो लेयर ड्यामेज हुनु वा त्यसमा इन्फेक्सन हुनु हो । त्यसले स्केल्पलाई साह्रो बनाउँछ जसले गर्दा रोमछिद्र बन्द हुन्छ । त्यसले केशको जरासम्म तेल पुग्न दिँदैन र शिरमा फोहोर जमेर चिपचिपे देखिन्छ । अन्ततः त्यसले स्केल्प चिलाउने समस्या सिर्जना गर्छ र सेतो लेयरका रूपमा देखापर्छ । यसले केशलाई कमजोर बनाउँछ र केश र्झन थाल्छ । त्यसैले स्केल्पको राम्रोसँग हेरचाह गर्नु आवश्यक छ । मसाज र ब्रसिङ ठीक ढंगबाट गर्नुपर्छ । चायाँलाई प्रारम्भिक चरणमै नियन्त्रण गर्न सकिन्छ र त्यसका लागि काँचो तेलबाट स्केल्प मसाज गर्नु लाभदायक हुन्छ ।

Posted in:

0 comments for "सुन्दर केशकालागी केही उपाय"

Leave a reply