मेथीका फाईदाहरु



मेथीका १० फाईदाहरु

हामी नियमित रुपमा भान्छामा प्रयोग गर्ने कतिपय खाद्य पदार्थले कति फाईदा र कति हानी गर्छ भन्नेमा ध्यान दिँदैनौँ । जसले गर्दा हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको हुन्छ । त्यसै मध्ये मेथी पनि भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ हो । तर सबैलाई मेथीको स्वाद मन पर्दैन । मेथीका धेरै फाइदा छन् । खानामा मसलाको रुपमा प्रयोग हुने मेथीका १० फाइदाको चर्चा यहाँ गरिएको छ ।

१ कपाल झर्न रोक्छ

मेथीको दानामा कपाललाई मजबुद गर्ने क्षमता हुन्छ । यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ जसले हाम्रो शरीरलाई पनि उर्जा दिन्छ । यसको पेष्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा यसले कपाल झर्न रोक्छ ।

२ चायाँबाट मुक्ति
यदि तपाइँलाई चायाँको समस्या छ भने मेथी तपाइँका लागि अचुक औषधी बन्छ । टाउकाको छाला सुख्खा भएर समस्या भयो भने मेथी त्यसका लागि सरल घरेलु उपाय हो । मेथीमा दही मिसाएर पेष्ट बनाउनुस र यसलाई कपालको जरा सम्म पुग्ने गरी लगाउनुस् । अलि अलि मसाज गर्नुस् । ३० मिनेटपछि धुनुस् तपाइँको कपालमा चायाँक समस्या तत्काल समाधान हुन्छ ।

३ डन्डीफोर नियन्त्रण
मेथीका दाना डन्डीफोर नियन्त्रणका लागि पनि निक्कै उपयोगी मानिन्छ । यसले छालाको एमिडर्मिस तहमा रहेको टक्सिनलाई निकाल्छ र डन्डीफोरको दाग समेत हटाइदिन्छ । डन्डीफोरले दिक्क पारेको छ भने मेथी तपाइँका लागि अचुक औषधी हो । मेथीका दाना पिस्नुस् र पेष्ट बनाउनुस् यसमा थोरै मह हाल्नुस् । मेथी र महको पेष्ट सुत्नु अघि अनुहारमा लगाउनुस् विहान उठेर चिसो पानीले धुनुस् । डन्डीफोरको समस्या समाधान हुन्छ ।

४ मोटोपनको नियन्त्रण
मेथीमा उच्च मात्रामा फाइवर हुन्छ । यसले पाचन प्रणालीमा सहयोग गर्छ । यसले शरीरलाई चाहिने भन्दा बढी क्यालोरी पनि कम गर्दिन्छ । विहानमा एक गिलास मेथीको पानी पिउनुस् यसले शरीरलाई अत्यन्तै फाइदा गर्छ ।

५ चम्किलो त्वाचा
अनुहार चम्किलो पार्न चाहनु हुन्छ भने मेथी तपाइँलाई चाहिने चिज हो । मेथीको दानाले शरीरमा रहेका विभिन्न फ्रि रेडिकल्सलाई बाहिर निकाल्छ । मेथीको दानाको पेष्ट बनाएर लगाउँदा अनुहारमा रहेका काला घेरा र अन्य समस्या समेत हट्छन् । यसले छालाको कलर टोन बढाउँछ एवं मृत तन्तुहरु हटाउँछ त्यसकारण अनुहार चम्किलो देखिन्छ ।


६ पाचन प्रणालीमा सुधार
मेथीको सेवनले पाचन प्रणालीलाई राम्रो तुल्याउँछ । यसले पेट पोल्ने र अन्य समस्या समेत हटाउँछ । पाचन सम्बन्धी कुनै पनि समस्या भएको ब्यक्तिका लागि मेथीको सेवन अत्यन्तै फाइदाजनक हुन्छ ।

७ सुगरको नियन्त्रण
मेथीको सेवनले रगतमा हुने सुगर लेवल पनि नियन्त्रित हुन्छ । मेथीमा हुने एमीनो एसिडले प्याङ्क्रियाजमा हुने इन्सुलिनको प्रभाव बढाउँछ र यसले रगतमा हुने सुगरको मात्रा नियन्त्रण गर्छ । मधुमेहका रोगीहरुलाई पनि मेथी सेवन राम्रो मानिन्छ ।

८ मृगौलाका लागि राम्रो
मेथीको सेवनले मृगौलालाई पनि स्वस्थ राख्छ । मेथीमा हुने तत्वले पत्थरीको समस्या हुनेलाई समेत फाइदा गर्छ । यसले भित्रका विकार पिसावको माध्यमबाट बाहिर निकाल्छ ।

९ ज्वरो नियन्त्रण
यदि तपाइँलाई ज्वरो आएको छ भने एक चम्चा कागतीको रशमा मह र मेथी मिसाएर खाँदा ज्वरो घटछ । यसले आराम अनुभव गराउँछ । यसले घाँटीमा हुने खस खस पनि हटाउँछ ।

१० महिलालाई उपयोगी

मेथीले महिलामा स्तन वृद्धी गर्न सहयोग गर्छ । यसले महिलाले बच्चालाई खुवाउनका लागि दुधको उत्पादन पनि बढाइदिन्छ । महिलामा हुने विशिष्ठ समस्यामा मेथीले औषधीको काम गर्छ ।
Posted in: |

दूधमा मन्द विष !

काठमाडौ, श्रावण २७ - लगनखेलस्थित एक एग्रोभेट स्टोरमा पुगेर विश्वास दिलाएपछि सञ्चालकले ५ सय ५० रुपैयाँमा ५० थान अक्सिटोसिन हर्मोन, एउटा सिरिन्ज र १० वटा सुई थमाए।

गाईभैंसीको दूध बढ्ने विश्वाससहित चाहिएका बेला पगार्न उक्त औषधि प्रयोग हुँदै आएको छ। यसको वास्तविक प्रयोग गर्भवती महिलालाई बेथा लगाउन र बच्चा जन्माइसकेपछि अधिक रक्तस्राव रोक्नका लागि हो। स्वास्थ्यलाई हानि पुर्‍याउने भएकाले डाक्टरको सिफारिसबिना बेच्न पाइँदैन। यही औषधि गाईभैंसीमा प्रयोग गर्दा थुनको मांसपेशीमा कृत्रिम उत्तेजना पैदा भई तत्काल दूध निक्लिन्छ। दुरुपयोगको आधारै यही प्रभाव हो।

चरम दुरुपयोग

खुला सीमाबाट अवैध रूपमा समेत आयात हुने अक्सिटोसिन दुरुपयोगको मात्रा आकलन गर्न कठिन छ। औषधि व्यवस्था विभागद्वारा हालै संकलित तथ्यांकअनुसार गत आर्थिक वर्ष नेपाली कम्पनीले उत्पादन गरेका करिब ७ लाख २५ हजार एम्पुल (सिसाको भाँडोमा राखिने एक मिलिलिटर) सहित १० लाख ५५ हजार एम्पुल अक्सिटोसिनको वैधानिक कारोबार भयो। तथ्यांक विभागको बालबालिका र बाल मृत्युदरसम्बन्धी तथ्यांकअनुसार नेपालमा हरेक वर्ष बढीमा ५ लाख महिलाले बच्चा जन्माउँछन्। करिब ३३ प्रतिशत महिलाले मात्र अस्पतालमा बच्चा जन्माउँछन्। भरतपुर अस्पतालका गाइनोकोलोजिस्ट जागेश्वर गौतमका भनाइमा 'अस्पताल आएकामध्ये बढीमा ५० प्रतिशत महिलामा अक्सिटोसिन प्रयोग गरिन्छ।' यसबाट गर्भवती महिलामा वाषिर्क करिब ८३ हजार एम्पुल अक्सिटोसिनमात्र प्रयोग हुने देखिन्छ।

गत वर्ष कारोबार भएका बाँकी ९ लाख ७२ हजार एम्पुल र अवैध रूपमा खुला सिमानाबाट भित्रिने अक्सिटोसिनको ठूलो हिस्सा कहाँ गयो त? पशु प्राविधिकहरूले ती अक्सिटोसिन गाईभैंसीमा प्रयोग भएको बताए। 'गाईभैंसीमा अक्सिटोसिनको प्रयोग व्यापक छ,' ललितपुरको बुङमती पशु सेवा केन्द्रका प्राविधिक नरेन्द्रबहादुर पाण्डेले भने, 'गाईभैंसी भएको ठाउँमा जहाँ पनि अक्सिटोसिन प्रयोग हुन्छ।'

ललितपुर, हरिसिद्धिका विवेक लोहनीले दुइटा भैंसी पालेका छन्। घरनजिकैको डेरीमा उनी दूध बेच्छन्। पाँच रोपनी जग्गामा उनी खेतीपाती गर्छन्। गाईभैंसीलाई यस्तो इन्जेक्सन दिइने थाहा पाएको उनले बताए। 'आधा दूध घरमै खाने भएकाले यस्तो इन्जेक्सन हान्दिनँ,' उनले भने। उनका अनुसार दूध बेच्नैका लागि मात्र गाईभैंसी पाल्नेहरूले सुई हान्ने गर्छन्।

पशु प्राविधिकले दूध धेरै दिन्छ भनेर सिकाएपछि किसानले अक्सिटोसिन प्रयोग गर्न थालेको किसानहरूको भनाइ छ। छम्पी पशु सेवा केन्द्रका पशु प्राविधिक जयराम घिमिरेले अक्सिटोसिन खोज्दै किसानहरू आउने बताए।

सामान्य दुहुनेभन्दा अरू समयमा दूध बजार पुर्‍याउनुपर्ने अवस्थामा र बिरामी भएर वा अन्य कारणले गाईभैंसीले दूध नदिए अक्सिटोसिनको प्रयोग सामान्य हो। 'बिहान ३ बजे वा दिउँसो ३ बजे गाईभैंसीले दूध दिँदैन,' प्राविधिक पाण्डेले भने, 'बजारमा छिट्टै दूध पुर्‍याउनुपर्ने किसानले अक्सिटोसिन हान्नैपर्छ।' अक्सिटोसिनले ३ मिनेटभित्र गाईभैसीले दूध दिने बनाइदिन्छ। 'ठेक्का लिएको ठाउँमा आज भैंसी बिरामी भयो भन्न पाइन्नँ। अनि के गर्ने?' ललितपुर, ढोलाहिटीका एक किसानले सुनाए।

गाईभैंसीमा असर

पटकपटक प्रयोग गरेपछि गाईभैंसीमा अक्सिटोसिनको लत बस्छ। इन्जेक्सन नपाई दूध दिँदैनन्। 'कृत्रिम रूपमा इन्जेक्सनमार्फत प्राप्त हुने भएपछि शरीरले अक्सिटोसिन उत्पादन गर्न आवश्यक ठान्दैन। त्यसपछि इन्जेक्सनबिना गाईभैंसीले दूध दिँदैनन्,' पाण्डेले भने, गाईभैंसीले दूध नदिएको अवस्थामा भेटरिनरी डाक्टरको सिफारिसमा अक्सिटोसिन घटो मात्रामा तीन दिनसम्म प्रयोग गर्न सकिन्छ। 'सधंै प्रयोग गर्नु हुँदैन,' डा. पाण्डेले भने, 'पशु र उपभोक्ता दुवैको स्वास्थ्यलाई असर गर्छ।'

अक्सिटोसिनले गाईभैंसीमा घातक असर गर्छ। पाठेघरको मांसपेशी खुम्चिने, फुल्ने भएकाले हरेक पटक अक्सिटोसिन प्रयोग गर्दा गाईभैंसीलाई अति पीडा हुन्छ। त्यही पीडाका कारण अक्सिटोसिन प्रयोगलगत्तै गाईभैंसीले पिसाब फेर्छन्। पाकिस्तानको लाइभस्टक एन्ड डेरी डेभलपमेन्ट र युनिभर्सिटी अफ भेटरिनरी एन्ड डेरी साइन्सेसले ५ वर्षअघि गरेको अनुसन्धानले अक्सिटोसिन प्रयोग भएका गाईभैंसीका बाछाबाछी र पाडापाडी रोगी हुने देखाएको छ। उक्त अध्ययनले ६० प्रतिशत पाडापाडी र १५ प्रतिशत बाछाबाछीको शारीरिक वृद्धि ढिलो भएको, वयस्क भएपछि पाडी र बाछीमा ४५ प्रतिशतसम्म गर्भाधान असफल भएको, ४० प्रतिशतसम्म गर्भ खेर गएको र बाछाबाछी/पाडापाडी मृत्युदर १५ प्रतिशतसम्म बढेको देखाएको छ।

अक्सिटोसिनले के गर्छ?

अक्सिटोसिन शरीरमै उत्पादन हुने एक प्रकारको हर्मोन हो। चिकित्सकहरूको भनाइमा यसको कृत्रिम प्रयोगले हर्मोन असन्तुलन, मस्तिस्कमा रक्तस्राव, रगतमा ढिक्का जम्मा भई नसा फुटेर मृत्यु हुनेसम्मका घातक परिणाम आउन सक्छन्। मुटुको धडकन ज्यादै बढ्ने वा घट्ने, पाठेघरमा रक्तप्रवाह नहुने, शरीरका विभिन्न भागमा रगत जम्मा भई दाग देखिनेलगायत यसका अरू अवाञ्छित असर पनि छन्। रोग प्रतिरोधात्मक क्षमता ज्यादै कमजोर हुने, वाकवाकी लाग्ने, रिंगटा चल्ने, एलर्जी हुने यसको प्रयोगबाट निम्तिन सक्ने अन्य समस्या हुन्। गाईभैंसीलाई सुईमार्फत दिइने यो हर्मोनको केही अंश दूधमा समेत बस्छ। दूध तताउँदा धेरै मात्रामा नष्ट हुन्छ। 'तर, अवशेषचाहिँ रहन्छ,' पशु सेवा विभागका भेटरिनरी डाक्टर जगदीश पाण्डेले भने, 'खतरा त्यही अवशेष हो।' उनका अनुसार लामो समय निरन्तर त्यस्तो दूध खाए पुरुषमा सुरुमा शुक्रकिट उत्पादन वृद्धि भई यौन क्षमता बढ्छ, तर पछि चाहिँ बाँझोपनासम्म गराउन सक्छ। 
Posted in: |

अदुवा हालेको चियाका ८ फाइदा

अदुवा हालेको चिया सबैले खान्छन् । तर त्यसका फाइदाबारे सबैलाई थाहा नहुन पनि सक्छ । जाडोमा अदुवा हालेको चिया पिउनुको आफ्नै महत्व छ ।
अदुवामा भिटामिन सीको मात्र उच्च हुन्छ भने म्याग्नेसियम र अन्य खनिज पनि पाइन्छ । अदुवाको जरा स्वास्थ्यका लागि अत्यन्तै राम्रो मानिन्छ ।
अदुवाको चिया बनाउँदा मह र कागती समेत मिलाउन सकिन्छ ।


किन खाने अदुवाको चिया ?
१ बान्त हुने र विरामी पर्ने हुँदैन
कुनै पनि यात्रा शुरु गर्नु अघि अदुवा हालेको चिया पिउँदा बाटोमा हुन सक्ने वान्त वा अन्य विमारी हुने समस्या आउँदैन । अलि अलि असजिलो महसुस भएको समयमा पनि अदुवा भएको चिया खानु राम्रो हुन्छ ।२ २ पाचन प्रणालीमा सुधार
अदुवाले पाचन प्रणालीका क्रियाहरु सहज तुल्याउँछ । अधिक खानेकुरा सेवन गरेको समयमा पनि एक कप अदुवा भएको चिया खानु उपयुक्त हुन्छ ।

३ दुखाइमा पनि औषधी
अदुवाले तपाइँको शरीरको कुनै भागमा भएका जलन वा दुखाइलाई पनि कम गर्छ । मांसपेसी र जोर्नीको दुखाइमा पनि अदुवाको सेवन सहायक हुन्छ ।
ginger tea
४ श्वासप्रश्वासको समस्यामा औषधी
अदुवाको चियाले श्वासप्रश्वासको समस्या हुनेलाई पनि लाभ गर्छ । चिसो लागेको समयमा एक कप अदुवा हालेको चिया लाभदायी हुन्छ । त्यसैगरी वातावरणीय एलर्जीलाई पनि निवारण गरिदिन्छ ।

५ रक्त सञ्चारमा सुधार
अदुवामा रहेको भिटामिन र खनिज एवं एमिनो एसिडले रक्त सञ्चारलाई राम्रो पार्छ र विभिन्न रोगको खतराबाट बचाउँछ । हृदयघात देखि अन्य मुटु सम्बन्धी समस्या समेत अदुवाको चियाबाट कम गर्न सकिन्छ ।

६ महिनाबारीको समाधान
अदुवाको चियाले महिलालाई हुने महिनाबारीको समस्या समाधान गरिदिन्छ । अदुवाको चिया तल्लो पेटमा लगाउँदा पनि यसले दुखाइ कम गर्छ । अदुवा चियामा मह मिसाउन सकेन त्यसले झनै राम्रो गर्छ ।

७ रोग प्रतिरोधात्मक क्षमतामा वृद्धी
अदुवाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । अदुवाको चियामा उच्चस्तरको एन्टीअक्सीडेन्ट हुन्छ जसले रोगसँग लड्ने क्षमता बढाउँछ ।

८ दिकदारी कम गर्छ
अदुवा हालेको चिया सेवन गर्दा दिकदारी र तनाव कम गर्छ । चियाँ र अदुवाबाट बन्ने कडा रसायनले यस्तो लाभ दिने चिकित्सकहरुको भनाइ छ ।
Posted in: |

यो पढेपछि मेथी कहिल्यै भुल्नु हुनेछैन

यो पढेपछि मेथी कहिल्यै भुल्नु हुनेछैन
मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ हो । तर सबैलाई मेथीको स्वाद मन पर्दैन । मेथीका धेरै फाइदा छन् । खानामा मसलाकोरुपमाप्रयोग हुनेमेथीका १०फाइदाको चर्चायहाँ गरिएकोछ ।यो पढिसकेपछिमेथीको स्वादवा बासनामन नपर्नेहरुकोधारणा समेतबदलिने छ।
1=   कपाल झर्न रोक्छ : मेथीको दानामा कपाललाई मजबुद गर्ने क्षमता हुन्छ । यसमाप्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ जसले हाम्रो शरीरलाई पनि उर्जा दिन्छ । यसको पेष्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा यसले कपाल झर्न रोक्छ ।
2=   चायाँबाट मुक्ति : यदि तपाइँलाई चायाँको समस्या छ भने मेथी तपाइँका लागि अचुक औषधी बन्छ । टाउकाको छाला सुख्खा भएर समस्या भयो भने मेथी त्यसका लागि सरल घरेलु उपाय हो । मेथीमा दही मिसाएर पेष्ट बनाउनुस र यसलाई कपालको जरा सम्म पुग्ने गरी लगाउनुस् । अलि अलि मसाज गर्नुस् । ३० मिनेटपछि धुनुस् तपाइँको कपालमा चायाँक समस्या तत्काल समाधान हुन्छ ।
3=   डन्डीफोर नियन्त्रण : मेथीका दाना डन्डीफोर नियन्त्रणका लागि पनि निक्कै उपयोगी मानिन्छ । यसले छालाको एमिडर्मिस तहमा रहेको टक्सिनलाई निकाल्छ र डन्डीफोरको दाग समेत हटाइदिन्छ । डन्डीफोरले दिक्क पारेको छ भने मेथी तपाइँका लागि अचुक औषधी हो । मेथीका दाना पिस्नुस् र पेष्ट बनाउनुस् यसमा थोरै मह हाल्नुस् । मेथी र महको पेष्ट सुत्नु अघि अनुहारमा लगाउनुस् विहान उठेर चिसो पानीले धुनुस् । डन्डीफोरको समस्या समाधान हुन्छ ।
4=   मोटोपनको नियन्त्रण : मेथीमा उच्च मात्रामा फाइवर हुन्छ । यसले पाचन प्रणालीमा सहयोग गर्छ । यसले शरीरलाई चाहिने भन्दा बढी क्यालोरी पनि कम गर्दिन्छ । विहानमा एक गिलास मेथीको पानी पिउनुस् यसले शरीरलाई अत्यन्तै फाइदा गर्छ ।
5=   चम्किलो त्वाचा : अनुहार चम्किलो पार्न चाहनु हुन्छ भने मेथी तपाइँलाई चाहिने चिज हो । मेथीको दानाले शरीरमा रहेका विभिन्न फ्रि रेडिकल्सलाई बाहिर निकाल्छ । मेथीको दानाको पेष्ट बनाएर लगाउँदा अनुहारमा रहेका काला घेरा र अन्य समस्या समेत हट्छन् । यसले छालाको कलर टोन बढाउँछ एवं मृत तन्तुहरु हटाउँछ त्यसकारण अनुहार चम्किलो देखिन्छ ।
6=   पाचन प्रणालीमा सुधार : मेथीको सेवनले पाचन प्रणालीलाई राम्रो तुल्याउँछ । यसले पेट पोल्ने र अन्य समस्या समेत हटाउँछ । पाचन सम्बन्धी कुनै पनि समस्या भएको ब्यक्तिका लागि मेथीको सेवन अत्यन्तै फाइदाजनक हुन्छ ।
7=   सुगरको नियन्त्रण : मेथीको सेवनले रगतमा हुने सुगर लेवल पनि नियन्त्रित हुन्छ । मेथीमा हुने एमीनो एसिडले प्याङ्क्रियाजमा हुने इन्सुलिनको प्रभाव बढाउँछ र यसले रगतमा हुने सुगरको मात्रा नियन्त्रण गर्छ । मधुमेहका रोगीहरुलाई पनि मेथी सेवन राम्रो मानिन्छ ।
8=   मृगौलाका लागि राम्रो : मेथीको सेवनले मृगौलालाई पनि स्वस्थ राख्छ । मेथीमा हुने तत्वले पत्थरीको समस्या हुनेलाई समेत फाइदा गर्छ । यसले भित्रका विकार पिसावको माध्यमबाट बाहिर निकाल्छ
9=   ज्वरो नियन्त्रण : यदि तपाइँलाई ज्वरो आएको छ भने एक चम्चा कागतीको रशमा मह र मेथी मिसाएर खाँदा ज्वरो घटछ । यसले आराम अनुभव गराउँछ । यसले घाँटीमा हुने खस खस पनि हटाउँछ ।

10=  महिलालाई उपयोगी : मेथीलेमहिलामा स्तन वृद्धी गर्न सहयोग गर्छ । यसले महिलाले बच्चालाई खुवाउनका लागि दुधको उत्पादन पनि बढाइदिन्छ । महिलामा हुने विशिष्ठ समस्यामा मेथीले औषधीको काम गर्छ ।
Posted in: |
Showing posts with label Health. Show all posts
Showing posts with label Health. Show all posts