मोबाइल भिज्यो ? यसो गर्नुस्

आफ्नो मोबाइल फोन पानीमा भिज्ला र बिगि्रएला भन्ने डर सबैलाई हुन्छ । वर्षात् समय सुरु भैसकेको छ । त्यसैले स्मार्टफोन भिज्ने जोखिम अझै बढ्दैछ । कहिलेकाहीँ सावधानी अपनाउँदा पनि मोबाइल फोन भिज्न सक्छ । त्यसो हुँदा केही उपाय अपनाउनु पर्छ । ता कि मोबाइल फोनमा पानीले असर नपरोस् । स्मार्टफोन भिजिहाल्यो भने यसरी स्याहार गर्नुपर्छः
१.तत्कालै मोबाइल स्विच अफ गर्नुस्ः मोबाइल पानीमा भिजेको थाहा पाउने बित्तिकै तत्कालै स्विच अफ गर्नुहोस् । त्यसपछि यसलार्य सुख्खा कागज वा टावेल तथा कपडामा राख्नुहोस् । ब्याट्री तथा सिमकार्ड निकाल्नुहोस् । मेमोरी कार्ड पनि निकालेर सुकाउनुहोस् । त्यस्तै हेडफोन तथा अन्य बाहिरी ड्राइभ छन् भनेपनि निकाल्नुहोस् ।
२.ब्याट्रीको स्टिकर जाँच गर्नुस्ः तत्कालै ब्याट्री निकालेर जाँच गर्नुहोस् । ब्याट्रीमा प्रायः स्टिकर लगाइएको हुन्छ जुन सेतो रंगको हुन्छ । जब तपाइँको मोबाइल फोन भिज्छ तब उक्त स्टिकर पनि भिजेर रातो तथा गुलाबी बन्दछ । यदि मोबाइलको स्टिकर भिजेको छैन भने तपाइँले बिक्रेताबाट वारेन्टी बापतको सुविधा पाउनुहुन्छ ।
३. विस्तारै फोन पुछ्नुहोस्ः तपाइँको भिजेको स्मार्टफोन विस्तारै नरम कपडाले पुछ्नुहोस् । सम्भव भएमा सानो भ्याकुम क्लिनरले भित्रको पानी बाहिर निकाल्ने कोसिस गर्नुहोस् । तर भ्याकुन क्लिनर फोनको धेरै नजिक लग्ने तथा हेयर ड्रायर प्रयोग गर्ने काम नगर्नुस् ।
४. चामलभित्र घुसाउनुहोस्: मोबाइललाई सुख्खा प्लास्टिक ब्याग तथा हावा नछिर्ने भाँडोमा राख्नुपर्छ । त्यस्तै मोबाइललाई चामल भरिएको भाँडोमा चामलभित्र घुसाएर रातभर राख्नुहोस् । चामलले मोबाइल भित्रकेा पानी सोस्दछ ।
५. चौबिस घण्टा कुर्नुहोसः मोबाइल फोन भिजिसकेपछि यसलाई पुनः सुचारु गर्न कम्तीमा पनि एक दिन कुर्नुपर्छ । तबमात्र यसभित्रको पूरै चिस्यान र पानी बाहिर निकाल्न सकिन्छ । मोबाइलको भित्री भाग, पोर्ट, ड्राइभ तथा कुनाकाप्चामा पानी तथा चिस्यान छैन र सुख्खा छ भन्ने निश्चित गर्नुहोस् । ब्याट्री राखेर मोबाइल रिस्टार्ट गर्नुहोस् । रिस्टार्ट भएन भने नजिकैको मोबाइल मर्मत केन्द्रमा लगिहालनुहोस् ।
Posted in: |

मोबाईल हराउनु भयो?

आजका दिन सम्म आइपुग्द धेरै जनाले आफ्नो मोबाईल हराउनु भयो अथवा चोरी भयो होला । यदी छ भने तपाईं हरुकोलागि एउटा खुशीको खबर आएको छ । भर्खरै बजारमा आएको ‘JEENYA Mobile Security‘ को मर्फत पहिलेनै हराइ सकेका मोबाईलकोपनी खोजी गर्न मिल्ने सम्भावना बढेको छ । यदी तपाईंले ‘JEENYA Mobile Security Application’ मोबाईलमा हल्नु आगानिनै मोबाईल हराइसक्या छ भनेपनी मोबाईलको खोजी कार्य आगाडी बढाउन सकिन्छ । यो प्रकर को खोजी कार्यको लागि हरएको मोबाईलको १५ डिजिटा को ‘IMEI’ कोड चाहिने हुन्छ ।
‘IMEI’ मोबाईलको नम्बर हो जुन कहिल्यै पनि परिवर्तन गर्न मिल्दैन । यो नम्बर मोबाईलमा ‘*#06#’ डाइल गरेर प्रप्त हुन्छ । यदी मोबाईल हराइ सकेको छ भने ‘IMEI number’ मोबाईल किन्दा प्रप्त भएको बट्टा अथवा वारेन्टी कार्डमा पनि हुन्छ । आफ्नो ‘IMEI’ थाहा छ भने जेन्या प्रलिको वेबसाईट ‘http://mobilesecurity.jeenya.com/report‘ मा गएर सम्पूर्ण जानकारी प्रस्तुत गरेर फारम भर्नु पर्ने हुन्छ । फारम भरी सके पछी मोबाईल खोजी कार्य सुरु हुन्छ । त्यो मोबाईल समबन्धी केहि जानकारी प्रप्त भैसकेपछी जेन्या प्रलिबाट हरएको निबेदन पेश गर्ने ब्यक्तिलाई  सम्पर्क गरिने छ ।
यो बिसयमा थप जानकारीको लागि जेन्या मोबाईल सेक्युरेटी एप्लिकेशनको वेबसाईट ‘http://mobilesecurity.jeenya.com‘ मा जानकारी प्रप्त गर्न सकिन्छ ।
Posted in: |

तपाईंको कम्प्युटरको स्पिड बढाउने १० टिप्सहरु


तपाईंको कम्प्युटरको स्पिड बढाउने १० टिप्सहरु



  • (१) सर्बप्रथम कम्प्युटर खोल्ने बित्तिकै कुनै पनि Application चाँड चांडै नखोल्नुस् , पहिला राम्रो सँग PC लाई Bootup हुन दिनुस् ।
  • (२) कुनैपनि Application बन्द गरी सके पछि आफ्नो Desktop लाई एक पल्ट Refresh गर्नुस् यसले तपाईंको कम्प्युटरको Ram मा जम्मा भएको Unused फाइलहरु Remove हुन्छ ।
  • (३) आफ्नो कम्प्युटरमा सके सम्म Wallpaper को Use नै नगर्नुस् र यदि गर्नुनै छ भने ठुलो साइजको Image लाई Use नगर्नुस् ।
  • (४) आफ्नो Desktop मा धेरै Unnessesary Shortcut हरुलाई नराख्नुस् र सके सम्म Desktop लाई Clean नै राख् नुस् । Desktop मा फोटो तथा Music को फाइलहरुलाई पनि Save नगर्नुस् ।
  • (५) Recycle Bin लाई बेला बेलामा Empty गरी राख्नुस् । तपाईंले Delete गर्नु भएको फाइलहरु Recycle Bin मा जम्मा भई राखेको हुन्छ र तपाईंको कम्प्युटरको Harddrive को ठाउँ यसले लीइराखेको हुन्छ ।
  • (६) Temporary Internet Files लाई बेला बेलामा Delete गरी राखनुस् ।
  • (७) आफ्नो कम्प्युटर लाई प्रत्येक २ महिनामा Defragment गर्नुस् । यसले तपाईंको कम्प्युटरको Harddrive मा धेरै खाली ठाउँ बनाउछ र Program हरु Fast चल्छन ।
  • (८) आफ्नो कम्प्युटर लाई जहिले पनि २ वा २ भन्दा बढीमा Partitions गर्नुस् र सके सम्म Software हरुलाई दोस्रो वा तेस्रो Drive मा Instal गर्नुस् । सके सम्म C Drive लाई खाली नै राख्नुस् ।
  • (९) जब तपाईंले नयाँ Software हरु Instal गर्न&#23#2369; हुन्छ त्यो Software को Tray Icon लाई Disable गर्नुस् , यि Icon हरुले तपाईंको कम्प्युटरको RAM को Use गरी राखेका हुन्छन र कम्प्युटर Slow हुन सक्छ र Software का Starting The Application Automatically Option लाई पनि Disable गर्न नभुल्नु होला । यस्ता Option हरुलाई तपाइले Software हरु Instal गरी सके पछि उक्त Software को Tools मा गएर पनि Disable गर्न सक्नु हुन्छ ।
  • (१०) आफ्नो कम्प्युटर लाई धुलो बाट पनि सके सम्म बचाउनुस् , किन भने धुलोले तपाईंको कम्प्युटरका Cooling Fan हरुलाई जाम गरी दिन सक्छ यसले कम्प्युटर अनावश्यक रुपमा तातो हुन सक्छ र कम्प्युटर Slow Down हुन सक्छ ।
  • (यि १० वटा साधारण Tips हरुलाई बिचार पुर्‍याउनु भयो भने तपाईंको कम्प्युटर तुलनात्मक रुपमा पहिले भन्दा धेरै Speed मा चल्न सक्छ ।)
    Posted in: |

    कम्प्युटर मा जस्तै मोबाइल मा पनि नेपाली टाइप

    कम्पुटर बाट जस्तै Mobile बाट पनि नेपाली लेख्न चाहानु हुन्छ भने यो सिक्ने मौका नगुमाउनु होस । 

    ↓→... आफ्नो मोबाई बाट रोमन मा लेख्ने जस्तैः- raam = राम 
    यो एक प्रोगाम हो जसलाई हामी Download + install पछी प्रयोग गर्न सक्छौ 
    एक अलग्गै Software जस्तै हाम्रो मोब. मा Messaging नामको software छ उस्तै हो 
    अब यसलाई कसरी download गर्ने त ..


    Step by Step जानुस 
    →  Click here 
    → अनि search मा Indisms type गर्नुस 
    → Install Complet 

    #अब त्यहा पाउनु हुनेछ हामी सधै लेख्ने message जस्तै प्रोग्राम खुलदा उस्तै खुल्ने छ बस त्यहा भाषा हिन्दी रोज्नुहोला अनि type गर्दा थाहा आफै हुनेछ कहा कसरी ! 

    नोटः- यस software बाट लेखेको अक्षर सिधै Copy गर्न अलि सकिदैन यसको Copy गर्ने तरिका 
    → लेखी सकेपछी Copy गर्नु पर्ने हुन्छ त्यलाई फेसबुकमा ल्याउन अब तपाई 
    → Back Key लाई दबाउनुस् त्यहा save to draft & delete मिल्छ 
    → Save to draft गर्नु 
    → अब सिधै आफ्नो Mobile को Draft मा जानु 
    → अनि copy गर्नु ! 
    More infom vist there help option ! Thank you ! 

    Second step if difficult re-Copy option 

    Indisms सबै मोबाइल मा नेपालि टाइपर हरुलाइ यो copy /paste को समस्या दिखियो successfully install गर्नु हुने सबै लाइ copy/paste कसरि गर्ने भन्ने तरिका 
    र download न गर्नु भएको सथि हरु ले यो लिंक लै क्लिक गरेर  Download here गर्दै गर्नुस 
    अनि तल दियको तरिका लाइ पढ्नुस 


    »» Type somethings there in indisms program 
    »» Back key to Save to drafts 
    »» Exit indisms program 
    »» Go to mobile message draft 
    »» Press down key 
    »» Option key or * key to find copy option 
    »» Copy text there will show few second Copy clicp bord 
    »» Exit drafts 
    »» Go to facebook Comment or update box 
    »» Option key or * key to find paste key 
    »» Or if double keybad ctrl+ v to paste text on your fb 
    Posted in: |

    गुगल @ नेपाली

    तपाईं ठमेलको कुनै रेस्टुरेन्ट जाँदै हुनु हुन्छ । त्यसको लोकेसन तपाईंलाई थाहा छैन । तपाईंलाई नेपाली भाषा मात्रै आउँछ । चिन्ता नलिनुस् । गुगलले तपाईंलाई बाटोभरि गाइड गर्नेछ, हरेक मोडमा 'दायाँ मोडिनुस्, बायाँ मोडिनुस्' भन्दै । चौबाटोमा तपाईंलाई कता जाने भनेर अलमलिनु पर्नेछैन । गुगलको निर्देशन पर्खे पुग्छ । तपाईंलाई त्यहाँ पुग्न ट्याक्सी, बस, पैदल वा साइकल कुन माध्यमबाट जान सजिलो हुने छ भन्ने गुगलले बताइ दिने छ ।
    तपाईंलाई त्यहाँ पुग्ने बैकल्पिक बाटोबारे जानकारी उसैले दिनेछ । गुगल म्याप्सको नियमित प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंलाई लाग्ला यस्तो सुविधा कहाँ नयाँ हो र ! हो गुगलले अरु भाषामा यस्तो सुविधा दिँदै आएको धरै भयोे । नेभिगेशनलाई नेपाली भाषामा समेत चलाउन मिल्ने बनाएको भने केही साता मात्रै भएको छ ।
    तपाईंले नेभिगेशन आफ्नै भाषामा प्रयोग गर्न आफू जान चाहेको स्थान गुगल गर्नुपर्छ । त्यसपछि गुगलले नक्सासहित बक्समा 'मार्गदर्शन' देखाउँछ । त्यसमा तपाईंले आफ्नो लोकेसन इन्ट्री गरेपछि म्यापले मार्गदर्शन गर्न थाल्छ । तपाईंले मोवाइल, ट्याब्लेटलगायतका डिभाइसमा गुगल म्याप्स इन्स्टल गर्नु भएको भए तपाईंको यात्रासँगै नेभिगेशनले मार्गदर्शन गर्दैजान्छ ।
    गुगगले नेपालीकरण गरेको आफ्नो पछिल्लो प्रोडक्ट हो नेभिगेशन । 'यसलाई जति धेरै युजरले चलाउँदै जान्छन्,' यसको सत्यता बढ्दै जाने गुगलका प्रोडक्टलाई नेपालीकरण गर्ने समुहलाई परिचालन गर्दै आएका गुगल कन्ट्री इन्जिनियरिङ कन्सल्टेन्ट सरोज ढकाल भन्छन । 'प्रयोग बढ्दै जाँदा गुगल म्यापले 'यो बाटोमा जाम छ, अर्को बाटो जानुस्, भनेर सुझावसमेत दिनेछ,' उनले भने ।
    विश्व बजारमा आफ्ना प्रोडक्टहरु मार्फत लिडिङ गरिरहेको कम्पनी गुगल । सर्च इन्जिन, मोवाइल अपरेटिङ सिस्टम (एन्ड्रोइ), म्याप्स, भिडियो सेयरिङ साइट (युट्युव), ब्लगिङ टुल (ब्लगस्पट) लगायतमा उसको प्रतिस्पर्धी नै छैनन् भने पनि हुन्छ । त्यसबाहेक उसका गुगल प्लस, गुगल ड्राइभ, क्यालेन्डर, बुक, वालेट, ट्रान्सलेट, डकदेखि गुगल नेक्सस मोवाइल/ट्याब्लेटलगायतका दर्जनौ उत्पादनले विश्व बजारमा आफ्नो प्रभुत्व जमाइरहेका छन् ।
    त्यही गुगलले पछिल्लो समय नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो प्रोडक्टसँग जोडिरहेको छ । केही महिनाअघि उसले मेसिनले ट्रान्सलेट गर्ने भाषामा नेपालीलाई समेत समावेश गरेको थियो । गुगल ट्रान्न्सलेटमा नेपालीसमित ८० भाषामा यस्तो सुविधा छ । गुगलको दावीअनुसार नेपाल, भुटान, भारतलगायतका मुलुकमा बस्ने १ करोड ७० लाख जनसंख्या मात्रैको मातृभाषा हो नेपाली । ट्रान्सलेट सुविधाले विश्वभर रहेका अरु ७९ भाषामा रहेका लिखित डकुमेन्टका साथै ती भाषाका वेवसाइटलाई नेपालीमा देखाइ दिन्छ । त्यस्तै विश्वभर रहेका अरु भाषाभाषीले नेपाली भाषाको वेवसाइटलाई ट्रान्सलेट गरेर आफ्नो भाषामा पढ्न सक्छन् ।
    त्यसको केही समयपछि आएको थियो जिमेल नेपालीमा । इमेलमा यु्जर नेम र पासवर्ड इन्ट्री गर्नासाथ अग्रेजी 'लोडिङ' को ठाउँमा 'लोड गरिदै' नेपाली युनिकोडमा देख्दा सबै नेपालीभाषीलाई आनन्दित बनाउँछ । इमेल खोलेपछि देखिने अप्सनहरु 'तारांकित', 'महत्वपूर्ण', 'कुराकानी', 'पठाएको मेल', 'रद्दीटोकरी' लगायत नेपालीकरण गरिएका शब्द देख्न पाउदा हरेक नेपालीलाई गुगलप्रति आभार प्रकट गर्न मन लाग्छ । 
    गुगलले यस्ता आफना प्रोडक्टलाई नेपालीकरण गर्ने दर्जनभन्दा बढी प्रोजेक्ट संचालन गरिरहेको छ । गुगल स्रोतका अनुसार उसका अरु केही प्रोजेक्टहरु पाइपलाइनमा छन् ।
    माइक्रोसफ्ट, याहुलगायतका ठूला आइटी कम्पनीहरूले आफ्ना प्रोडक्टहरूलाई विकसित, धनी, धेरै युजर भएका मुलुक र धेरैले बोल्ने भाषा केन्द्रीत गरेर सार्बजनिक गर्ने गरेका छन् । गुगलले भने त्यस्ता मुलुकसहित अतिकम विकसित देश, थोरै जनसंख्याले बोल्ने भाषालाई समान महत्व दिएर प्रोजेक्ट संचालन गरिरहेको कन्सल्टेन्ट ढकाल बताउँछन् ।
    गुगलले आफ्ना प्रोडक्टलाई नेपालीकरण गर्न प्रतिष्ठित भाषाविज्ञ, प्राध्यापकहरूको समुहको सहयोग लिने गरेको छ । उनीहरूले गरेको कामको अन्तिम परीक्षण गरेर त्यसलाई रिलिज गर्न गुगलको टिम अहोरात्र खटिइरहेको छ ।
    गुगलले नेपाली म्यापलाई रिच बनाउन नेपाली पार्टनरहरूसँग मिलेर विभिन्न जिल्लामा म्याप मेकर क्याम्प गरिरहेको छ । त्यसमा सहभागीलाई गुगलमा कसरी आफ्नो ठाउँको नाम, तस्बिरलगायतका सामग्री इन्ट्री गर्ने भनेर सिकाइन्छ । यसो गर्दा नेपालका स्थानहरूको गुगल म्यापमा पहुँच बढिरहेको छ । सिन्धुली, तनहु, गोर्खा, म्याग्दीलगायतका स्थानमा उसले स्टोरी साइकलसँग मिलेर यस्ता क्याम्प गरिसकेको छ । उसले म्याप मेकर कम्युनिटी बनाएर नेपालको नक्सालाई धनी बनाउँदैछ ।
    गुगलले गुगल बिजनेश ग्रुप (जिबिजी) बनाएर नेपालमा ओपन सोर्स टेक्नोलोजी, गुगल टेक्नोलोजीलाई प्रोमोसन गरिरहेको छ ।  
    ग्रुपका म्यानेजर अमित अग्रवाल आफूहरूले अनलाइनमार्फत नेपाली बिजनेश बढाउन सपोर्ट गरिहेको बताउँछन । 'ग्रुपले टेक्नोलोजी युज गरेर विजनेश गरिरहेकाहरूको आइडिया अरुलाई शेयर गर्ने, त्यस्ता ब्यक्ति/समूहबीच प्रतिस्पर्धा गराउने, आवश्यक परेकाहरूलाई टेक्निकल सपोर्ट गर्ने गरिरहेको छ,' उनले भने । अमितको घरमा ५ दिनमा एक पटक पानी आउँछ । उनी गुगल क्यालेन्डरमा सामान्य सेटिङ मिलाउँछन् । त्यसपछि पानी आउने दिन उनको मोवाइलमा एसएमएस आउँछ । गुगलका प्रोडक्टबाट लिन सकिने यस्ता अनगिन्ती सुबिधाबारे समूहले अरुलाई सिकाउँछ । यस्तै गुगलले गुगल डेभलपर ग्रुप (जिडिजी) बनाएर नेपालमा एप्लिकेसन डेभलप गर्नेहरूलाई सघाइरहेको छ ।
    यसबाहेक गुगलले आफ्नो किबोर्डमा नेपाली सपोर्ट गर्ने बनाएको छ । गुगल प्लेबाट गुगल किबोर्ड डाउनलोड गरेर नेपाली ट्र्याडिसनल, रोमनाइज्ड र ट्रान्सलिटरेेशन तरिकाबाट नेपाली टाइप गर्न सकिन्छ । यस्तै गुगल प्ले मुभिजमा नेपाली रुपैयाँ सपोर्ट गर्छ । भुक्तानी नेपाली रुपैयाँमै तिर्न सकिन्छ । गुगल क्रोमले नेपाली डिटेक्ट गर्छ । ड्राइभ, जिमेल, ट्रान्सलेसन र ट्रान्सलेटर टुलकिटको लागि नेपाली किबोर्ड गुगलले उपलब्ध गराएको छ । यसबाहेक गुगल ड्राइभ, गुगल सर्चसमेत नेपालीमा प्रयोग गर्न सकिन्छ ।
    गुगलकर्ताको संख्या बढ्दै गए भविष्यमा उसले नेपालमा आफनो कार्यालय खोल्न सक्ने सम्भावना देख्छन जिविजीका म्यानेजर अग्रवाल । 'गुगल नेपालमा आए ठूलो उपलब्धी हुनेछ,' उनी भन्छन्, 'नेपाल र नेपाली भाषालाई विश्वभर चिनाउन यसले ठूलो मद्दत गर्ने छ ।'
    Posted in: |

    एप्पलले ल्‍यायो विश्‍वकै सबैभन्दा पातलो ट्याब आइप्‍याड

    बहुचर्चित अमेरिकन कम्पनी एप्पलले दुई नयाँ आइप्याड सार्वजनिक गरेको छ। गत आइतबार एप्पलका सीआई टिमकूकले क्यालिफोर्नियामा दुई नयाँ आइप्याड ट्याब आइप्याड  एयर टू  र आइप्याड मिनी थ्रीको सार्वजनिक गरेका हुन। 
    उनका अनुसार आइप्याड एयर टू  विश्वको सबैभन्दा पातलो ट्याब  भएको दाबी गरिएको छ ।  विश्वको सबैभन्दा पातलो आइप्याड एयर टू  र आइप्याड मिनी थ्री सार्वजनिक गरेको छ। यो आइप्याड एयर टूको मोटाई मात्र ६‍.१ मिलिमिटर रहेको छ।यो आइप्याड एयर टू विश्व बजारमा ल्याइएका अरु ट्याबलेटभन्दा १८ प्रतिशत पालतलो रहेको छ । यसको स्क्रिन साइज ९.७ इन्च रहेको बताइएको छ। 
    यता, एप्पलले ल्याएको आइप्याड मिनी थ्रीलाई आइप्याड एयर टू सँगसँगै सार्वजनिक गर्ने घोषणा  यसअघि नै गरेको थियो।  यो आइप्याड मिनी थ्री  गोल्डे,  सिल्भर  र स्प्रे ग्रे कलरमा  उपलब्ध हुनेछ।  
    एप्पलले ल्याएको आइप्याड एयर टू र आइप्याड मिनी थ्रीमा टचआइडी फिंगर प्रिन्ट सेन्सर राखएिको छ, जसले प्रयोग गर्ने व्यक्तिले आफ्नो औलाको सहायताले मोवाइललाई अनलक गर्न सक्छ। यसका साथै यी ट्याबलेटबाट प्रयोग गर्ने व्यक्तिले एप्पलले प्रदान गर्ने मोबाइल पेमेन्ट सुविधाको समेत भरपुर फाइदा उठाउन सक्छ। 
    - See more at: http://annapurnapost.com/
    Posted in: |

    अन्तरिक्ष यानले पुच्छ्रे तारा भेट्यो

    पछिल्लोपल्ट अपडेट गरिएको: 06.08.14, 23:14 NST सम्मका समाचार
    Source: http://www.bbc.co.uk/nepali/news/2014/08/140806_rosetta_comet.shtml

    युरोपका वैज्ञानिकहरुले एक मानवरहित अन्तरिक्ष यानले एक दशक भन्दा लामो यात्रा पछि एउटा पुच्छ्रे तारालाई भेटेको जनाएका छन्।
    रोजेटा अन्तरिक्ष यान १० वर्ष सम्म सौर्य मण्डलको यात्रा पछि सो पुच्छ्रे तारामा पुगेको बताइएको छ।
    अन्तरिक्ष इतिहासमै पहिलो पटक तेज गतिमा अघि बढिरहेको एउटा वस्तु संगै सो अन्तरिक्ष यानलाई राखिएको थियो।
    त्यसले पछि उक्त पुच्छ्रेताराको सतहको नाप नक्सा निकाल्न थालेको थियो।
    "हामी अब सो पुच्छ्रेतारामा पुगेका छौ। १० वर्ष पाँच महिना र चार दिन पछि त्यो सफलता हासिल भएको हो।"
    सिल्भाँ लोदियो, युरोपेली अन्तरिक्ष निकाय
    युरोपको रोजेटा अन्तरिक्ष यान आफ्ना थ्रस्टरहरुलाई साढे छ मिनेट सम्म चलाएपछि ६७ पि/चुरियुमोभ गेरासिमेन्क नाम दिइएको सो पुच्छ्रेतारामा पुग्न सफल भएको थियो
    पुच्छ्रेतारा
    युरोपेली अन्तरिक्ष निकायका सिल्भाँ लोदियोले भने, हामी अब सो पुच्छ्रेतारामा पुगेका छौ।
    उनले भने, १० वर्ष पाँच महिना र चार दिन पछि त्यो सफलता हासिल भएको हो।
    युरोपेली अन्तरिक्ष निकायका वैज्ञानिकहरुका अनुसार अनुसार त्यसक्रममा सूर्यलाई पाँच पटक परिक्रममा गरिएको थियो र ६ दशमलव ४ अर्ब किलोमिटर लामो यात्रा गरिएको थियो।
    एरियन रकेटबाट सन् २००४ को मार्चमा प्रक्षेपण गरिएको रोजेटा सौर्य मण्डल वरिपरिको लामो बाटो समातेर ६७ पि नामक पुच्छ्रेतारालाई भेट्याएको थियो।
    बीबीसीका विज्ञान संपादक डेभिड शुकमानका अनुसार रोजेटा यान सो पुच्छ्रेतारामा पुगेको संकेत पृथ्वीमा आउन २३ मिनट लागेको थियो।

    वैज्ञानिकहरुले अब ग्रह, तारा र पुच्छ्रेताराको अध्ययन गर्न थप जानकारीहरु प्राप्त हुने अपेक्षा गरेका छन्।
    Posted in: |

    कम्युटरको किबोर्ड मा सबै भन्दा बढी प्रयोग हुने बटम कुन हो ?

    के तपाइलाई थाहा छ कम्युटरको किबोर्ड मा सबै भन्दा बढी कुन कुन बटम थिच्ने गरिन्छ ? 

    हामी हिजो आज दिनहुँ कम्प्युटर चलाउने गर्छौं तर याद गरेका हुन्नौ कुन बटम धेरै पटक थिचिन्छ भनेर|

    एक अध्ययन अनुसार हामीले सबै भन्दा धेरै थिच्ने अल्फावेट "E" हो भन्ने पत्ता लागेको छ | न्युयोर्क यूनिभर्सिटीको इन्टररेक्टिव टेलिकम्युनिकेशन प्रोगामर माइक नुफेल ले गरेको एक अनुसन्धानमा यस्तो कुरा पत्ता लागेको हो |


    उनले २ वर्ष सम्म लगाएर गरेको अध्ययन पछि उनले सबै भन्दा बढी कुन र सबै भन्दा कम कुन अल्फावेट प्रयोग हुन्छ भन्ने जानकारी दिन थ्रीडी (3D) किबोर्ड तयार गरेका थिए| त्यस अनुसार सबै भन्दा बढी प्रयोग हुने( थिचिने)स्पेस र इन्टर बटम रहेको छ |
    Posted in: |

    चीनको सुपरकम्प्युटर विश्वकै सबैभन्दा छिटो

    चीनको सुपरकम्प्युटर विश्वकै सबैभन्दा छिटो कम्प्युटर भएको सोमबार एक सर्वेक्षणमा देखिएको छ । यसका कारण अमेरिकी सुपरकम्प्युटर अव विश्वको दोस्रो छिटो कम्प्युटर बन्न पुगेको छ ।
    तियान्हे–२ नामक सुपरकम्प्युटर चीनको राष्ट्रिय प्रतिरक्षा प्रविधि विश्वविद्यालयले विकास गरेको हो । यसले एक परीक्षणमा प्रति सेकेन्ड ३३.८६ पेटाफ्ल्प (१० लाख अर्ब) को गतिमा  तथ्याङ्क प्रशोधन गर्न सकेको देखिएको छ । यस प्रकारका ५०० वटा सुपरकम्प्युटरको परीक्षणमा यो कम्प्युटर सबैभन्दा छिटो देखियो ।
    अमेरिकाले तयार गरेको टाइटनले प्रति सेकेन्ड १७.५९ पेटाफ्ल्प को गतिमा तथ्याङ्क प्रशोधन गर्नसकेको देखिएको छ । विश्वका १० सबैभन्दा छिटो गतिको कम्प्युटर अमेरिकामा स्थापना भएका छन् । यस्ता कम्प्युटर दुई चीनमा र एक जर्मनी तथा एक जापानमा स्थापना भएका छन् ।
    सन् २०१० मा तियान्हे–१ विश्वको सबैभन्दा छिटो सुपरकम्प्युटर बनेको थियो र यसलाई अमेरिकाको मिल्की वे – २ ले उछिनेको थियो ।
    तियान्हे – २ को अन्य प्रोसेसर चीनमा बनेपनि मुख्य प्रोसेसर अमेरिकी संस्था इन्टेलले बनाएको हो । एएफपी
    Posted in: |

    अन्धोपनको चेतावनी दिने सानो रोबोट

    बर्लिन । जर्मनीको जुरिच सहरका एक रोबोटिक प्रोफेसर ब्रैड्ली नेल्सनले एउटा यस्तो रोबोट आविस्कार गरेका छन् जसको प्रयोगबाट अन्धोपनबाट बच्न सकिन्छ ।
    यो रोबोटको लम्बाई एक मिलिमिटर छ । यो एक मिलिमिटरभन्दा एक तिहाई चौडा कम हो । आँखामा राखेपछि यो रोबोट आँखामा रहेको तरल पदार्थमा मिल्दछ । र, अक्सिजन सेन्सरले जसरी काम गर्दछ । र, आँखामा कम भइरहेको अक्सिजनको स्तरका बारेमा चेतावनी दिने गर्दछ । किनभने अक्सिजनकै कमीका कारण आँखाको ज्योति गुम्ने गर्दछ ।
    यसअघि पनि शोधकर्ताहरुले यो क्षेत्रमा सफलता पप्त गरेका थिए । यसअघि एउटा रोबोटको आविस्कार भएको थियो । जसले आँखामा औषधी राख्न सक्नुका साथै स्कार रिस्युलाई पनि हटाउन सहयोग गर्दथ्यो ।
    तर, यो अक्सिजन सेन्सिङ रोबोटले अलि फरक तरिकाले काम गर्दछ । जब स्पेशल डाईबाट बनेको यो माइक्रो रोबोट प्रकाशको विशेष तरङदैर्ध्य बाहिर ल्याउछ तब यो डाई चम्कन लाग्दछ ।
    यदि तमक तत्काल परे आँखामा अक्सिजनको स्तर डाई आसपास अधिक छ भन्ने दर्शाछ भने यो चमक विस्तारै विस्तारै कम भए यसबाट आँखामा अक्सिजनको मात्रा कम छ भन्ने बुझ्नु पर्दछ ।
    यो रिबोटको परीक्षण पानीमा अक्सिजनको स्तर पत्ता लगाउनका लागि गरिसकिएको छ । अब आँखामा शोधको प्रक्रिया चलिरहेको छ । एजेन्सी
    Posted in: |

    नासाले चन्द्रमाको वातावरण अध्ययन गर्न अन्तरिक्षयान पठायो

    अमेरिका, २२ भदौ । नासाले चन्द्रमाको वातावरण अध्ययन गर्ने लक्ष्यले मानवविहीन एक अन्तरिक्ष यान त्यसतर्फ प्रक्षेपण गरेको छ भने यो गत पाँच वर्षमा अमेरिकी अन्तरिक्ष संस्थाले चन्द्रमाको अध्ययनका लागि गरेको तेस्रो अध्ययन हो ।
    उक्त विमान स्थानीय समय अनुसार शनिबार राती ११:२७ बजे भर्जिनियास्थित नासाको वालोप्स फ्लाइट फ्यासिलिटीबाट वायु सेनाको मिनोटुर भी व्यालेस्टिक क्षेप्यास्त्रलाई परिवर्तन गरी बनाइएको प्रक्षेपकबाट प्रक्षेपण भएको हो ।
    नासाका टिप्पणीकर्ता जर्ज डिलरले प्रक्षेपणको आधा घण्टापछि विमानको अवस्था राम्रो रहेको र त्यसले राम्रो परिक्रमा गरेको बताउनुभयो ।
    चन्द्रमाको वातावरण तथा धुलाम्य वातावरण अन्वेषण अभियानले त्यहाँको वातावरणमा फैलिएको धुलोको विषयमा अनुसन्धान गर्ने अपेक्षा गरिएको छ ।
    प्रक्षेपण व्यवस्थापक डग भोसले यो पाँच चरणको रकेट अभियान भएको र यसलाई अर्बिटल साइन्स कर्पोरेसनले तयार गरेको बताउनुभयो । उहाँले यसको अवस्था राम्रो भएको उल्लेख गर्नुभयो ।
    अमेरिकी अन्तरिक्षयात्रीहरूले चन्द्रमाको धरातलमा हिँडेको नै चार दशक भएको छ र उनीहरूले यसको वातावरणमा रहेको धुलो अन्तरिक्षयान तथा औजारका लागि ठूलो समस्या भएको बताएका थिए ।
    नासाका सल्लाहकार तथा जर्ज वासिङटन विश्वविद्यालयका अन्तरिक्ष नीति संस्थाका पूर्व निर्देशक जन लग्स्टनले चन्द्रमामा लामो समयका लागि मानिस जाने हो भने उनीहरूलाई वातावरणको धुलोले निकै सताउने बताउनुभयो ।
    अमेरिकी अन्तरिक्षयात्रीहरूले सन् १९६९ मा पहिलोपटक चन्द्रमामा हिँडेका थिए । सन् १९७२ मा अपोलो त्यहाँ पछिल्लो पटक पुगेको थियो । एएफपी
    Posted in: |

    वैज्ञानिकले बनाए भुल्नै नदिने उपकरण

    अमेरिकी वैज्ञानिकहरुले यस्तो उपकरण तयार पारेका छन् जसले मानिसलाई भुल्ने बानीबाट मुक्त गराउनेछ । वैज्ञानिकहरुले स्मरणशक्तिको क्षयिकरण हुने अल्जाइमर रोगबाट ग्रस्त बिरामीहरुको लागि लक्षित गर्दै यस्तो माइक्रोचिप बनाएका हुन् । वैज्ञानिकहरुका अनुसार यो माइक्रोचिपले मस्तिष्कको कामलाई नियमित गर्नेछ र स्मरणशक्तिलाई मजबुत बनाउनेछ । यो माइक्रोचिप लगाएका व्यक्तिहरुले पूरानो कुरा पनि सजिलै सम्भिmन सक्ने बताइएको छ ।
    आगामी दुइ वर्षभित्रमा यो चिप मानिसको मस्तिष्कमा प्रत्यारोपण गर्न सकिने विश्वास शोधकर्ताहरुको छ । दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार मस्तिष्कको हिप्पोक्याम्पस नामक भागमा यो चिपले प्रभाव जमाउनेछ, जुन भाग लामो समयसम्म घटनाको स्मरण गर्ने क्षमतासँग सम्बन्धित छ ।
    वैज्ञानिकहरुले मुसा र बाँदरको मस्तिष्कमा यो चिप प्रत्यारोपण गरि यसले स्मरणशक्ति बढाइदिने कुरा प्रमाणित गरिसकेका छन् । अब सोही मुताविक यो चिप मानिसको मस्तिष्कमा समेत प्रत्यारोपण गर्ने लक्ष्य उनीहरुको छ ।
    Posted in: |

    गुगलको क्रोमकास्ट


    गुगलले अनलाइन भिडियो हेर्न सकिने ‘क्रोमकास्ट’ नामक उपकरण बजारमा ल्याएको छ। यसलाई आफ्नो ल्यापटप, ट्याब्लेट वा फोनमा भएको गीत तथाभिडियोलाई टिभी स्क्रिनमा हेर्नसमेत प्रयोग गर्न सकिन्छ।
    ३२ डलरमा उपलब्ध यो डिभाइस एक प्रकारको पेनड्राइभजस्तै हो। यो उपकरण जुनसुकै अपरेटिङ सिस्टमको ल्यापटप, फोन वा ट्याब्लेटमा चलाउन सकिन्छ। यसको प्रयोग गरी इन्टरनेट मार्फत मुभि, टिभी शो, भिडियो तथा म्युजिक आदि हेर्न तथा सुन्न सकिन्छ।
    गुगल क्रोमकास्टमा नेटफिक्स, युट्युब, गुगल प्ले मुभिज र गुगल प्ले म्युजिक आदि केही सीमित स्टि्रमिङ एप्स उपलब्ध छन्, तर यसले आइफोन फाइभ, नेक्सस सेभेन, क्रोमबुक पिक्सेल तथा अन्य विभिन्न डिभाइसमा समेत काम गर्छ। युट्युब र नेटफिक्स जस्ता साइट हेर्ने भिडियो प्रयोगकर्ताको भीड कम गर्न यो डिभाइसको विकास गरेको गुगलले जनाएको छ।
    Posted in: |

    इन्टरनेट प्रयोगकर्तामा भारत तेस्रो नम्वरमा


    के तपाईलाई थाहा छ इन्टरनेट चलाउने देशहरुमा को अगाडी छ ? तपाईलाई जिज्ञासा हुन सक्छ किनभने विश्व आज सानो गाउँको रुपमा परिणत भएको छ । इन्टरनेट तथा सञ्चारका माध्यमबाट विश्व आज सानो गाउँको रुपमा परिणत भएकोमा कसैको दुईमत छैन । यही क्रममा नेपालका दुई छिमेकी मुलुक चीन र भारत यी कुरामा निक्कै अगाडी छन । इन्टरनेट तथा डिजिटल जगतको जानकारी जुटाउने संस्था कोमस्कोरको ताजा रिपोर्टका अनुसार अमेरिका तथा चीनपछि इन्टरनेटमा सबैभन्दा बढी युजर्स भारतमा भएको बताएको छ ।
    रिपोर्टका अनुसार जापानलाई पछि पार्दै भारतका इन्टरनेट युजर्स तेस्रो नम्वरमा आएका हुन । कोमस्कोरको वार्षिक रिर्पोट २०१३ इन्डिया डिजिटल फ्यूचर इन फोकसका अनुसार भारतमा करिब ७ करोड ३९ लाख इन्टरनेट युजर्स छन ।
    भारतीय दुरसंचार विनियामक प्राधिकरणले मार्च २०१३ मा आफ्नो रिपोर्टमा भनेका छन कि भारतमा करिब साढे १६ करोड इन्टरनेट युजर्स छन तथा हरेक आठमा सात युजर्स मोबाइलबाट इन्टरनेट प्रयोग गर्छन ।
    रिर्पोटमा भारतमा इन्टरनेट चलाउनेमा कम उमेर समुह वा ३५ वर्ष भन्दा कम उमेरका छन । एजेन्सी
    Posted in: |

    पासवर्डको जमाना जाँदै

    प्रविधिको बढ्दो प्रयोगसँगै तपाई हामीले कुनै पनि काम इलेक्ट्रोनिक तरिकाबाट गर्न सक्दछौ । चाहे त्यो बैंकबाट भुक्तानी गर्नु होस् वा बजारमा किनमेल । यस्तो अनलाइन गतिविधिहरुका लागि तपाईले विभिन्न फोरममा खाता खोल्नुपर्ने हुन्छ । र, हरेक खातामा एउटा पासवर्ड बनाउनु आवश्यक हुन्छ ।

    कहिलेकाँहि त यति धेरै एकाउन्ट हुन्छन् कि त्यसको पासवर्ड सम्हाल्नै नसकिने पनि हुन सक्छ । तर, आगामी दिनमा तपाईले आफ्नो इलेक्ट्रोनिक खाता खोल्नका लागि पासवर्ड टाइप गर्नु आवश्यक हुनेछैन । तपाईले आफ्नो दिमागमा सोच्ने बित्तिकै तपाईको एकाउन्ट खुल्नेछ ।
    यो सम्भव हुनेछ वायरलेस हेडसेट डिभाइसको माध्यमबाट । युनिभर्सिटी अफ क्यालिफोर्नियाको बर्कले स्कुल अफ इन्फरमेशनका बैज्ञानिकहरुले यस्तो प्रविधि विकसित गरेका छन् जुन तपाईको दिमागको तरङ्गको माध्यमबाट तपाईको वैद्यता सत्यापित गर्नेछ ।
    यो हेडसेट डिभाइस कम्प्युटरसँग ब्लुटुथको माध्यमबाट पनि जोडिन सक्छ । जब तपाई यसलाई लगाउनुहुनेछ तब तपाईको दिमागको इलेक्ट्रानसेप्लोग्राम (इइजी) तरङ्ग क्याच गर्नेछ । यसैको माध्यमबाट तपाई जे सोच्नुहुनेछ त्यही पासवर्ड यसले बुझ्नेछ ।
    जान चुआङ्ग नेतृत्वमा बैज्ञानिक टोलीले यो डिभाइस तयार गरेका छन् जुन करिब मात्र एक सय डलरको मूल्यमा उपलव्ध हुनेछ । शोधकर्ता बैज्ञानिकहरुले युनिभर्सिटीको न्युज रिलिजमा भनेका छन्–हामीले दिमागको तरङ्ग क्याच गरेका छौ, यसमा अत्यन्तै सस्तो ईईजी सेन्सर प्रयोग गरिएको छ । यसका बावजुद यसले  निकै प्रमाणिकताका साथ तपाईको वैद्यता पहिचान गर्न सक्षम छ ।
    तर, तपाई जे सोचिरहनु भएको छ त्यही अरु कसैले सोच्यो भने के होला ? तब के तपाईको एकाउन्ट सुरक्षित हुनेछ? यसमा तनाव नलिनुस् । तपाईको एकाउन्ट सुरक्षित रहनेछ । किनभने सोच समान भए पनि दुवैको दिमागको तरङ्ग फरक फरक हुनेछ ।
    यो हेडसेटको सुरुवाती प्रयोगमा शोध बैज्ञानिकहरुले प्रयोगकर्ताहरुसँग सात प्रकारको मानसिक काम गर्न भनेका थिए । यसमा पहिलो तीन काम त सबैको समान थियो । जसमा स्वास लिनु, किबोर्डमा औंलाको उतारचढाव, आवाज सुन्ने र त्यसपछिको प्रतिक्रियामा नजर लगाइएको यिो । यसपछि चार अलग अलग प्रकारको मानसिक अभ्यासहरुको माध्यमबाट मानिसको मानसिक तरङ्ग पढ्ने कोशिस गरिएको थियो । यसमा मात्र एक प्रतिशत गडबढीको आशंका गरिएको छ ।अन्यथा समस्या नआउने बैज्ञानिकहरुले बताएका छन् । एजेन्सी
    Posted in: |

    घरमै रोजगारी

    महँगी बढ्दो छ। सामान्य आयले घर खर्च धान्न कठिन छ। घर खर्च चलाएर मात्र पनि पुग्दैन। छोराछोरीको शिक्षादेखि आफ्नो पोजिसन मेन्टेनका लागि समेत आय आर्जनको बलियो स्रोत आवश्यक छ तर हाम्रो समाजमा अहिले प्रायः परिवार एकजनाको कमाइमा निर्भर हुनुपरेको अवस्था पनि छ। यसबाट आर्थिक संकट आउने एवं पारिवारिक संरचना नै खलबलिन सक्ने सम्भावना पनि उत्तिकै छ। आर्थिक आधार राम्रो नभए कुनै पनि परिवार सुखी र खुसी हुन सक्दैन। यस्तो अवस्थामा परिवारका अधिकांश सदस्य आयमूलक काममा लाग्नु राम्रो हुन्छ। 

    हामीकहाँ श्रीमान् कमाइका लागि जाने र श्रीमती घरमै बस्ने चलन छ। यसले श्रीमतीलाई परनिर्भर  बनाउनुका साथै घरको आर्थिक स्रोत पनि खुम्चन पुग्छ। बरू दुवैजना आयआर्जनको बाटोमा लाग्ने हो भने परिवारमा आर्थिक समृद्धि ल्याउन सकिन्छ। यद्यपि दम्पती नै रोजगारीमा लागेपछि परिवारको हेरचाहमा समस्या आउन सक्छ। बालबालिकाको रेखदेख पनि त गर्नुपर्‍यो। अझ यस्तो अवस्थामा अर्काको अधीनमा रहेर १० देखि ४ बजेसम्मको समयसीमामा काम गर्न सम्भव हुँदैन। त्यस्तो अवस्थामा के गर्ने त ? जहाँ इच्छा, त्यहाँ उपाय भनेझैं आफूमा काम गर्ने तत्परता र दृढता छ भने आयआर्जनको काममा लाग्न सकिन्छ, त्यो पनि घरभित्रै। जसबाट परिवारको रेखदेख गरेर करियर पनि अघि बढाउन सकिन्छ।

    शिक्षण : शिक्षिकाका रूपमा काम गर्न कुनै विद्यालयमा आबद्ध हुनैपर्छ भन्ने छैन। घरैमा विद्यार्थी भेला गरेर ट्युसन पढाउन सकिन्छ। त्यति मात्र होइन, अहिलेको जमानामा अनलाइनमार्फत दूरदराजका विद्यार्थीलाई पनि पढाउन सकिन्छ। जमाना सूचना प्रविधिको छ। यसमा नजोडिने विद्यार्थी सायदै छन्। त्यसैले अनलाइनको माध्यम अपनाएर पनि पठनपाठन गर्न सकिन्छ। यसबाट राम्रो आम्दानी गर्न सकिन्छ। 

    काउन्सिलिङ : घरमै बसेर पैसा कमाउने उत्तम विकल्प हो-काउन्सिलिङ। अहिलेको जमानामा धेरैजसो विद्यार्थी आफ्नो पढाइ एवं करियरका सम्बन्धमा परामर्श लिन चाहन्छन्। उनीहरू आफ्नो बौद्धिक एवं आर्थिक क्षमता तथा रुचिअनुसारको विषय तथा शैक्षिक संस्था छनोट गर्न सकिरहेका हुँदैनन्। यतिबेला उनीहरूलाई  सही परामर्शको आवश्यकता हुन्छ। यस्ता विद्यार्थीलाई आवश्यक परामर्श उपलब्ध गराएर पनि आयआर्जन गर्न सकिन्छ। अनलाइनमार्फत पनि यो काम गर्न सकिन्छ। पढाइ मात्र होइन त्यसपछि उनीहरूले रोज्ने करियरसम्बन्धी परामर्श दिन सकिन्छ। यसैगरी कुनै समस्या झेलिरहेका, डिप्रेसनका सिकार भएकाहरूलाई अनलाइनमै परामर्श दिन सकिन्छ। 

    ट्रान्सलेटर : यदि एकभन्दा बढी भाषाको ज्ञान छ, सम्बन्धित विषयमा बलियो पकड छ भने ट्रान्सलेटर अर्थात् अनुवादकका रूपमा काम गर्न सकिन्छ। कतिपय कम्पनीले घरमै बसेर काम गर्न पनि यस्तो जिम्मेवारी दिइरहेका हुन्छन्। यसमा देशको मात्र होइन विदेशको समेत काम गर्न सकिन्छ। 

    वेव डिजाइनर (Web designer):  सूचना प्रविधिको बढ्दो प्रयोगले यो क्षेत्रमा रोजगारीको अवसर पनि सिर्जना गरेको छ। अतः यसैसँग सम्बन्धित वेव डिजाइनरका रूपमा काम गरेर पर्याप्त आम्दानी गर्न सकिन्छ। यसका लागि कुनै कम्पनीमा आबद्ध भैरहनु पर्दैन। स्वतन्त्र रूपमा घरमै बसेर सबै काम गर्न सकिन्छ। वेव डिजाइन गरेर देशमा मात्र होइन विदेशमा समेत बिक्री गर्न सकिन्छ। अहिले विश्वभरि यस किसिमको जनशक्तिको उच्च माग छ। 

    मेडिकल ट्रान्स्िक्रप्टनिस्ट : डाक्टरको मेडिकल भ्वाइस रेकर्ड सुनेर त्यसलाई लिखित रूपमा प्रस्तुत गर्नु यो प्रोफेसनको मुख्य जिम्मेवारी हो। यसमा बिरामीको मेडिकल रिपोर्टको हिस्ट्रीदेखि डिस्चार्ज समरी का साथै अन्य डकुमेन्ट पनि सामेल हुन्छन्। ठूला-ठूला डाक्टर, फिजिसियन मेडिकल ट्रान्स्िक्रप्टनिस्टमै निर्भर हुन्छन्। यो पेसामा आउन मेडिकल टर्मिनोलोजी, टि्रटमेन्ट असेसमेन्ट, डाइग्नास्टिक प्रोसिजर, अनाटोमी तथा फिजियोलोजीका सम्बन्धमा राम्रो ज्ञान हुनुपर्छ। 

    कल सेन्टर रिप्रेजेनटेटिभ : कल सेन्टर भन्नासाथ ठूला-ठूला अफिस र त्यसमा थुपै्र व्यक्ति कानमा हेडफोन लगाएर कस्टमरसँग गफ गरिरहेको सम्झना आउँछ। यद्यपि सधै यस्तै हुनुपर्छ भन्ने छैन। ठूला कम्पनीहरूले घरमै बसेर पनि यी काम सम्पन्न गर्न आफ्नो रिप्रेजेनटेटिभ बनाउन सक्छन्। यो प्रोफेसनका लागि कम्पनीको सबै जानकारी र इलेक्ट्रोनिक ग्याजेट्स प्रयोगसम्बन्धी ज्ञान हुनुपर्छ। यो काम घरमै बसेर गर्न सकिन्छ। 

    टेक सपोर्ट स्पेसलिस्ट : प्राविधिक समस्याको समाधान निकाल्ने क्षमता भएकाहरूले यो क्षेत्रमा भाग्य चम्काउन सक्छन्। यो कामका लागि घरमै बसेर फोन तथा अनलाइनको माध्यम अपनाउन सकिन्छ। यसमा मानिसहरूलाई आफ्नो क्षमतासम्बन्धी सानोतिनो जानकारी दिन विज्ञापन पनि गर्न सकिन्छ। 

    ट्राभल एजेन्ट Travel Agent :  आफ्नो सानो कोठाबाट पनि यो विजनेस सुरु गर्न सकिन्छ। यसमा धेरै पढाइ-लेखाइ पनि जरुरी छैन। घरको पूरै काम सकेर पनि यो काम गर्न सकिन्छ। इन्टरनेटको जमानामा ट्राभल एजेन्सी चलाउन थप सजिलो छ। यो कामका लागि कम्प्युटर, ल्यापटप तथा इन्टरनेट प्रयोग गर्नुपर्छ।
    Posted in: |

    ८ करोडको ल्यापटप !!!

    हामीले सामान्यतया ५०-६० हजारका ल्यापटप चलाउँछौँ । भलै कतिपयले अलि महंगा ल्यापटप खरीद गर्नसक्छन् ।
    तर करोडौँ रुपैयाँ मूल्य पर्ने ल्यापटप किन्ने कुरा हामी सामान्य नेपालीले सोँच्न पनि सक्दैनौँ । हामीले सोँच्न नसकेर के भयो त ?
    यो दुनियामा देशै खरीद गर्नसक्ने धनाढ्यहरु पनि छन् जसका लागि करोड अंकको रकम केही होइन । त्यस्तै धनाढ्यहरुलाइ लक्षित गर्दै बेलायतको एक कम्प्युटर कम्पनीले ८ करोड नेपाली रुपैयाँ पर्ने ल्यापटप उत्पादन गरेको छ ।
    लण्डनस्थित लुवाग्लियो कम्पनीले विश्वमा अहिलेसम्मकै महंगो ग्याजेटको रुपमा रहेको यस्ता बहुमुल्य ल्यापटप बजारमा ल्याएको हो ।
    के-के छन् त ल्यापटपमा फिचर ?
    यो ल्यापटपमा १ सय २८ जीबीको डिस्क स्पेश रहेको छ जसमा प्रयोगकर्ताले आफ्ना डाटा सेभ गर्न सक्छ । वास्तवमा यो ल्यापटप बहुमुल्य हुनुको कारण यसमा रहेको पावर बटन हो । यो पावर बटन बहुमुल्य हिराबाट बनाइएको छ । यो ल्यापटपमा इमेज आइडेन्टिफिकेसन लगायत अन्य अत्याधुनिक फिचर्सहरु पनि रहेको बताइएको छ ।
    यो हिरा जडित करोडौँको ल्यापटपमा १७ इन्चको एलआइडी स्त्रिmन छ । यस्तो एन्टी ग्लेयर रिफ्लेक्टिङ कोटिंग प्रविधिको स्त्रिmनको फाइदा भनेको यसमा अरु ल्यापटप जस्तो घाममा राख्दा स्त्रिmन अस्पष्ट देखिने समस्या हुँदैन । खुल्ला स्थानमा दिउसो बसेर काम गर्दा समेत स्त्रिmनका कुराहरु प्रष्ट देखिन्छन् । सिडी ड्राइभको सट्टा ब्लू रे ड्राइभ राखिएको छ । साथै यसमा चोरी निरोधक प्रविधि जडान गरिएको छ जसको माध्यमबाट ल्यापटप चोरी भएमा मालिकले थाहा पाइहाल्छ र चोरलाई पनि उक्त ल्यापटप भगाउन मुस्किल पर्छ ।
    लाखौँ डलर मुल्य पर्ने यस्तो ल्यापटपको पहिलो संस्करण कम्पनी सन् २००७ मै सार्वजनिक गरेको भएपनि त्यो खासै चर्चामा आएको थिएन । तर हालै सार्वजनिक गरिएको दोश्रो संस्करणले बजार तताउने कम्पनीको आशा छ ।                           Source: online
    Posted in: , |
    Showing posts with label Technology. Show all posts
    Showing posts with label Technology. Show all posts